सर्लाही । आजबाट हरिवन नगरपालिका वडा नम्बर -५, मा सात दिन सम्म संचालन हुने एतिहासिक श्रीश्रीश्री १०८ महावीर झन्डा मेलाको आरम्भ भएको छ ।
एतिहासिक महाबीर झन्डा मेलाको उद्घाटन गर्दै मधेस प्रदेशका उर्जा, सिंचाइ तथा खानेपानी मन्त्री जवाहरलाल कुशवाहाले प्रेम अनि धार्मिक एकताको रुपमा झन्डा मेलालाई ग्रहण गर्न आग्रह गरेका छन् ।
गत बर्ष जस्तै यो बर्ष पनि एतिहासिक महाबीर झण्डा मेलामा दर्शकको उपस्थिति बक्लिन सक्ने तर्फ ध्यान दिदै आयोजकको तर्फबाट बिशेष तयारी गरिएको स्थानीय श्याम सुन्दर कुशवाहाले जानकारी दिए ।

मेलामा चर्चित कुस्ती खेलाडी देवा थापाका भाइ, “मेवा थापाको कुस्ती खेलले पनि दर्शकहरुमा उत्साह थपिने झन्डा मेला आयोजकको भनाइ छ । यस्का आलावा झुला, रोटे पिङ लगायत देशका विभिन्न स्थानमा प्रचलित जातिय एब रास्ट्रिय भेषभुषा सहित नाचको भरपुर प्रस्तुती रहने सामाजिक अभियन्ता एक नेपाली कम्युनिस्ट पार्टीका नेता सिङलाल योन्जनले जानकारी दिए ।

गएको बर्ष जस्तै यो बर्ष पनि एतिहासिक झन्डा मेला पनि शान्तिपुर्ण रुपमा सम्पन्न हुनेमा अफुहरु बिश्वस्त रहेको हरिवन नगरपालिका वडा नम्बर -५, का अध्यक्ष नागेन्द्र शाहको भनाइ छ ।




