सर्लाही । हरिवन बजारमा A/C सहितको अत्याधुनिक सैलुन संचालनमा आएको छ । रोयल A/C जेन्स पर्लर नामक सैलुनमा सबैखाले सुबिधा रहेको सैलुनका सन्चालक सन्तोष ठाकुरले जानकारी दिए ।
हरिवन नगरपालिका वडा नम्बर -११, को कृष्ण मन्दिर दक्षिण सामाजिक अभियन्ता शेष इस्तिहारको घरमा खुलेको सैलुनमा विभिन्न डिजाइनले कपाल रंगाउनुका साथै कपाल धुने, फेस वास तथा कपाल सम्बन्धि काम मिसिनबाट गरिने बताइएको छ ।
Advertisement
युवाहरु वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा गएर तातो घाममा जोखिमपूर्ण श्रम गरिरहनु परेको हुँदा आफुहरु स्वदेशमै स्वरोजगार बन्दै आत्मनिर्भरता तर्फ लागेको संचालक ठाकुरको भनाइ छ ।
युवाहरूलाई देशमा स्वरोजगार र आत्मनिर्भर भएको देख्दा आफुलाइ खुसी लाग्ने गरेको सामाजिक अभियन्ता शेष इस्तिहार बताउछन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




