सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सोमबार (आज) हेटौँडा आउँदै छन । चुनावी सभालाई सम्बोधन गर्न लामिछाने हेटौँडा आउन लागेका हुन । सभापति लामिछाने मकवानपुर आउन लागेकै अगीलो दिन रास्वपा मकवानपुरका सभापति भरतप्रसाद पराजुलीले पार्टी परित्याग गरे पछि रास्वपालाई ठूलो धक्का लागेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति समेत रहेका भरतप्रसाद पराजुलीले पार्टी छाडेका छन । उनि आइतबार राती सर्लाहीको मंलगवा स्थीत एक होटलमा कांग्रेस सभापति गगनकुमार थापाले पराजुलीलाई कांग्रेसमा स्वागत गरेका हुन ।

पराजुलीसहित मकवानपुर–२ को संघीय सभापति तथा निर्वाचन परिचालन कमिटीका संयोजक निराजन बर्तौला र युवा नेता राममणी न्यौपाने पनि रास्वपा त्यागेर कांग्रेसमा फर्किएका छन । यसले नेपाली कांग्रेसलाई उत्साहित बनाएको छ भने रास्वपामा निराशा बनायको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापती रवि लामिछाने हेटौँडा आउने भयपछी नेपाली कांग्रेस सभापति गगनकुमार थापाको झापा बैठक सारेका हून । सभापति थापा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाइ भेट्न झापा आइतबार नै जाने कार्याक्रम रहेको थियो ।
सभापती थापा सर्लाही ४ मा मत माग्न ब्यस्त देखिय पनि मन भित्र डर हरायको छैन । मन भित्र डर र कौतूहलता बडीरहेको छ । सर्लाही १ मागेका थापाले सर्लाही १ मा शम्भुलाल श्रेष्ठले छोड्न नमानेसि उनि सर्लाही ४ गयका थिय ।
काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचन लडिरहेका नेपाली कांग्रेस सभापति गगन थापा यो पटक सर्लाही ४ मा पुगेका छन् । कांग्रेस सभापति र भावि प्रधानमन्त्रीको उम्मेदबार गगनका लागि काठमाडाँै ४ सुरक्षित निर्वाचनस्थल नलागे र उनी अप्रत्याशितरुपमा चुनावी लड्न सर्लाही ४ पुगेका हून ।




