सर्लाही । हरिवन नगरपालिका वडा नम्बर -४, मा रहेको हरिवन नगर अस्पतालमा आज बाट इमर्जेन्सी सेवा संचालनमा आएको छ ।
हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल) उप-प्रमुख हरिमाया घलान, हरिवन नगरपालिकाका स्वास्थ शाखा प्रमुख रामबाबु चौधरी लगयतले स्वास्थ्य सम्बन्धी नारा लेखिएका प्लेकार्ड लिएर संयुक्त रुपमा इमर्जेन्सी सेवाको उद्घाटन गरेका थिए ।
आज बाट संचालनमा आएको इमर्जेन्सी सेवाले समग्र हरिवन बासिमा खुसिको संचार भएको हरिन नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरीले जानकारी दिए ।

२४ सै घन्टा इमर्जेन्सी सेवा सन्चालनमा आए संगै हरिवन नगर अस्पताल स्वास्थ्य सेवा मार्फत पुर्णता तर्फ लम्किएको हरिवन नगर अस्पतलकी नर्सिङ निरीक्षक लक्ष्मी आचार्यले बताइन् ।
जन स्वास्थ्य लाई मध्यनजर गर्दै संचालनमा ल्याइएको इमर्जेन्सी सेवा सुभारम्भले जनस्वास्थ्य प्रती सकारात्मक पहलकदमी भएको सासापुर नगर अस्पतालका इन्चार्ज मोहन घिसिङ बताउँछन्

जनताको स्वास्थ्य अधिकारलाई सबैले सम्बोधन गर्नु पर्ने हरिवन नगरपालिकाकी उप-प्रमुख हरिमाया घलानको भनाइ छ ।
आगामी दिनमा हरिवन बासीले कुनै पनि स्वस्थय समस्या लिएर बाहिर जानू नपर्ने गरि आफुहरुले काम थालेको हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी (कमल)ले बताए ।




