सर्लाही । सर्लाहीमा सरकारी कामकाजमा बाधा पुर्याउने तथा सेवाग्राहीसँग अनावश्यक रकम माग गर्ने बिचौलियाहरूलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार,आइतवार अपराह्न ४:५० बजे, मलंगवा नगरपालिका वडा न-९ स्थित मलंगबाबा ट्रायल सेन्टर र वडा न-८ स्थित मालपोत कार्यालयमा अनुसन्धान टोली खटिएर सेवाग्राहीसँग अतिरिक्त रकम माग गर्ने ९ जनालाई नियन्त्रणमा लिएको हो।
Advertisement
मलंगवा ट्रायल सेन्टरबाट जय प्रकाश साह,रवि साह रहेका छन् । त्यस्तै मालपोत कार्यालयबाट प्रमोद कुमार यादव,नन्दकिशोर यादब, नागेन्द्र यादव, रामबिनय राय, रन्जन कुमार ठाकुर, प्रमोद साह र योगेन्द्र महतो रहेका छन् ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धानको लागि जिप्रका मलंगवाको हिरासतमा राखि अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता एवं डिएसपी सरोज राईले जनाएको छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




