अध्यक्ष भयकै दिन दुई जना असहाय व्यक्तिहरूलाई ह्विलचेयर प्रदान गरेका छन लायन्स क्लब अफ लालबन्दी सेन्चुरीको नवनिर्वाचित अध्यक्षमा विक्रम खड्काले सहयोग भोली गर्न प्रथालाइ बन्दापनि आजको आज नै गनू पर्ने बताए ।
सर्लाही । लायन्स क्लब अफ लालबन्दी सेन्चुरीको नवनिर्वाचित अध्यक्षमा विक्रम खड्काले निर्वाचित भयका छन । लायन्स क्लब अफ लालबन्दी सेन्चुरी को हस्तानतरण कार्यक्रममा २०२६–२७ को अध्यक्ष पदमा निर्वाचित भएको सूरुवाती दिनमा नै अध्यक्ष खडकाले लालबन्दी १५ निवासी वर्ष ४१ को आईत बहादुर तोलाङ्गे र लालबन्दी १० निवासी वर्ष ५५ को मङ्गल सिंह सिङ्ग्दनलाई लायन्स क्लब अफ लालबन्दी सेन्चुरी तर्फबाट व्हिलचेयर प्रदना गरेका अध्यक्ष खडकाले बताए ।
लालबन्दी १५ निवासी वर्ष ४१ को आईत बहादुर तोलाङ्गे र लालबन्दी १० निवासी वर्ष ५५ को मङ्गल सिंह सिङ्ग्दनलाइ दैनिक जीवनयापनमा सहजता पु¥याउन आवश्यकताका आधारमा ह्विलचेयर हस्तान्तरण गरिएको हो ।

यस महत्वपूर्ण तथा ऐतिहासिक कार्यलाई सफल बनाउन सहयोग पुर्याउनुहुने समाजसेवी व्यक्तित्व ज्यूहरु र यस अभियानलाई सहयोग पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने साकार सर्मा,गोपाल श्रेष्ठ,राजेश सिङ्ग,मोहन राउत लगायत सम्पूर्णमा अध्यक्ष खडकाले धन्यबाद ब्यक्त गरे ।
आर्थिक अवस्थासमेत कमजोर रहेका दुवै अशक्त व्यक्तिलाई हिँड्डुलमा सहयोग पुगोस् भन्ने उद्देश्यले ह्वील चेयर प्रदान गरिएको लायन्स क्लब अफ लालबन्दी सेन्चुरी अध्यक्ष बिक्रम खडकाले जानकारी दिए ।
आगामी दिनहरूमा पनि यस्ता सेवामूलक कार्यहरूमा लायन्स क्लब अफ लालबन्दी सेन्चुरीले निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गरेका छन । लायन्सको मूल उद्देश्य सेवा नै हो भन्ने भावनालाई आत्मसात् गर्दै हामी पुनः गाउँ–नगरबासीको सेवामा समर्पित रहेको जानकारि लायन्स क्लब अफ लालबन्दी सेन्चुरीले जनाएको छ ।




