सर्लाही । सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमपालन र जनचेतनामा जोड दिँदै सर्लाही ‘ट्राफिक सचेतनामूलक कार्यक्रम’ सुरु गरेको छ । राजमार्गमा हुने दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय नबलपूर सर्लाहीले कार्यालय परिसरमा आइतबार लामो दुरीका सवारी चालक र सह चालकहरूका लागि एक दिने निःशुल्क स्बमस्थ्थ शिविरमा संचालन गरेको थियो । ‘सडक अनूशासन पालना गरौ,सडक दुर्घटना न्यूनिकरण गरौ’ भन्ने मूल नारासहित ट्राफिक प्रहरिले आइतबार सर्लाहीको नबलपूर भएर गुड्ने यात्रुवाहक सवारीका चालक र सहचालकको स्वास्थ्य परीक्षण गरिएको थियो ।
सडकमै चालकहरुको स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत राजमार्गमा गुडने बस,ट्रक,टाटा सुमो,म्याजिक,अटो लगायतका सवारी साधनको चालकको यान्त्रीक परिक्षण गरेको हो । लाइसेन्स लगायतका कागजपत्र जाँच गर्ने, जरिमाना काट्ने ट्राफिक प्रहरीले सडकमै स्वास्थ्य परीक्षण गरेपछि सवारी चालक खुसी भएका छन ।
ट्राफिक सचेतनामुलक कार्यक्रम अन्र्तरगत आइतबार करिब ६५ वटा सवारी साधन चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको ट्राफिक प्रमुख झलक शर्माेले बताए । सोही दिन चालक संग २ मिनेट कार्यक्रम अन्र्तरगत चालकहरुलाइ सवारी साधन चलाउदा अपनाउनुपर्ने नियम कानुन बारे पनि सचेतना गराइएका छन ।
जिल्ला ट्राफिक प्रहरि कार्यालय सर्लाहीका प्रमुख झलक शर्माेकाअनुसार चालकको कमजोर स्वास्थ्य पनि दुर्घटनाको कारक भएकोले यात्रुवाहक सवारीलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गरिएको हो । परीक्षणका क्रममा उच्च रक्तचाप र आँखाको भिजन कमजोर देखिएकालाई तत्काल उपचार गराउने सल्लाह दिइएको छन । निःशुल्क स्बमस्थ्थ शिविर कार्यक्रममा मोडल अस्पताल लालबन्दि र ग्लोबल आई कियर सेन्टरको सहयोगमा सो कार्याक्रम संचालन गरियको थियो ।
जनचेतनामूलक स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत विद्यालय, क्याम्पस, व्यवसायिक केन्द्रहरू, यातायात पार्क, बजार र चोकहरूमा विभिन्न सचेतनामूलक गतिविधि सञ्चालन गरिनेछ । प्रभातफेरी, सडक नाटक, पोस्टर प्रदर्शन, नियमसम्बन्धी प्रशिक्षण, हेलमेट अनुगमन र ट्राफिक शिक्षा कक्षा सञ्चालन गर्ने कार्यक्रम गरिरहेकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही प्रमुख झलक शर्माबताए ।
बढदो सवारी र्दुघटना न्युनिकरण गर्नको लागी सर्लाहीमा ट्राफिक चालकहरुको स्वास्थ्य परिक्षणले दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले यो कार्यक्रम शुरु गरियको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले जनायको छ ।





