कोरोना र लकडाउनका कारण थिलो थिलो भएको नाट्य क्षेत्रलाई बिस्तारै सहज बनाउनका लागि गाउँ गाउमा रङ्गमन्च भन्ने नाराका साथ रङ्गकर्मीहरुलाई साथमा लिएर कलाकार तथा निर्देशक ठण्ड बहादुर अधिकारी “सास” ले देशका विभिन्न स्थानहरुमा नाटक मन्चन गर्ने जमर्को गरेका छन ।
“नाटकमा पुराना खारिएका रङ्गकर्मी प्रल्हाद खरेल, विश्वमणि घिमिरे लगाएत बिगत एक दशक लामो समयदेखि रङ्गमन्चमा सकृय मन्जु गिरि , शान्ती भट्टराइ, शशी शेखर बुढाथोकी , अशोक पहरी र भर्खर नाट्य क्षेत्रमा प्रशिक्षण लिएर आएका पृति भुजेल, पुर्णिमा थामी, रुपा साहीहरुको अभिनय रहेको निर्देशक ठण्ड बहादुर अधिकारी “सास” ले जानकारी दिए । सुरुवातको चरणमा हामी तीन नाटक भाउजुको ब्यथा, आरुबारिको फुल, नाङ्गो बस्ती ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न स्थानमा मन्चन गर्नेछौ ।
त्यसपछी तिहार लगत्तै अरु नाटकको तयारी गरेर नेपालका विभिन्न जिल्लाहरुमा नाटक मन्चन गरिने लेखक तथा निर्देशक विश्वमणि घिमिरेले बताए । नाटक नाङ्गो बस्ती रङ्गकर्मी प्रल्हाद खरेलले लेखेका छन भने आरु बारिको फुलका लेखक साहित्यकार भीष्म राज फुलारा हुन । “अझै पनि दर्शकहरु हलमा आएर चलचित्र, नाटक हेर्न डराइ रहेका छन । त्यसैले गाउँ गाउमा रङ्गमन्च अभियानले फेरि दर्शकलाई नाटक हेर्न बानी पार्नेछ र नाट्य क्षेत्र चलायमान हुने छ ।” रङ्गकर्मी प्रल्हाद खरेल बताउछन ।




