लुटपाट भन्ने शब्द आफैमा खतरनाक मानिन्छ । लुटपाट भन्ने बितिकै कसैको महत्वपुर्ण सम्पति अर्थात बहुमुल्य सामान आफ्नो बसमा पार्नु या नियन्त्रणमा लिनु भन्ने बुझाउँदछ ।
हाम्रो समाज यतिखेर लुटपाट ,चन्दा आतंक ,हत्या ,हिसां , चोरी,डकैती जस्ता अति नराम्रा क्रियाकलापहरुको माध्यामबाट अगाडि बढिरहेको छ । समाजमा एउटा ब्यक्तीमात्र नराम्रो भयो भने सिङ्गो समाजलाइ नकारात्मक असर पुग्ने गरि छेद बिच्छेद बनाउँछ । हामी कहाँ एकले अर्काको रिस गर्ने, अर्काको देखासिकि गर्ने,नक्कल गर्ने बानीब्यबहारहरुले गर्दा त्यसको फाइदा चोरी, डकैती गर्ने, गिरोहहरुले उठाइरहेका छन् । हिजो आज दिन दाहाडै स्कुल गएका बच्चाहरु बाटो बाटै हराउने,आखै अगाडीबाट मोटरसाइकल साइकल चोरी गर्ने,बाटोमा हिड्दै गर्दा महिलाको गला र कानमा लगाएका सुनका सामाग्री चोरी हुने जस्ता क्रियाकलापहरु समाजमा ब्याप्त रुपमा हुदै आइरहेका छन ।
समाजमा लुटपाटका घटनाहरु बढ्दै जानुको मुख्य कारण गरिबि र अशिक्षा नै मानिन्छ । अधिकाशं नागरिकहरु बिहान खाए बेलुका के खाने, बेलुका खाए भोली पल्ट बिहान के खानै वा कसरी छाक टार्ने भन्नेमा नै छन् । सरकार गरिबि घटाउन कसरत गरिरहेको बताउँछ । नेपालबाट गरिबि निवारण गर्न भर मजबुर प्रयास भइरहेको सरकार पक्षको भनाइ बाहिर मिडियामा नआएका पनि होइनन् । हुन त सरकारका पनि आफनै निति नियम होलान् तर आफ्ना नागरिकहरुलाइ गरिबिको रेखा मुनिबाट कसरी माथि ल्याउने र कसरी सक्षम, अब्बल,सब्बल, अनुशासित एवं आत्मनिर्रभर बनाउन सकिन्छ भन्ने बारेमा हाम्रो सरकारले कहिल्यै सोचेन अनि सोच्ने फुर्सद पनि भएन र आफ्ना नागरिकहरु के गर्दे छन, कसरी जिविकोपार्जन गरिरहेका छन,दैनिकि अवस्था कसरी गुज्रीरहेको छ भन्ने बारेमा अहँ कहिल्यै पनि पछाडी फर्केर हेर्ने फुर्सद नेपाल सरकारलाइ हुदै भएन भन्दा यसमा कसैको दुइ मत नहोला।
बिहान घरमा ढोका लगाएर बाहिर काममा निस्किएको ब्यक्ती साझँ घर फर्केर आउँदा लुटपाट भएको भन्दै नजिकैको प्रहरी चौकिमा म लुटीए,बर्बाद भए, म सकिए लौन हजुर मलाइ सहयोग चाहियो साहारा चाहियो भन्दै निवेदन लेखाउन जान्छ । यस्तो दयनिय अवस्था तपाइ हाम्रो समाजले दिन दिनै भोगिरहेको छ ।
अर्को तर्फ हेर्ने हो भने लुटपाटका घटनाहरु बढ्दै जानुमा मुख्य कारण भनेको अशिक्षा अर्थात अज्ञानता नै हो । नेपालीहरुमा ज्ञानको कमि हुनु,नेपालको शिक्षा र त्यसको प्रभाव दुइ ध्रुबमा बिकेन्द्रीत हुनु ले गर्दा पनि समाजले बिभिन्न खालका घटनाहरुको सामना गर्नु परेको अवस्था छ । बच्चाहरुलाइ स्कुल तह बाट नै चोरी,डकैती,लुटपाट,हत्या,हिसां जस्ता बिषयहरुको बारेमा सहि ढगंबाट शिक्षा दिन सकिएको खण्डमा मात्रै केहि हद सम्म भए पनि यस्ता क्रियाकलपहरु कम हुदै जान सक्ने छन । बिज्ञहरु भन्छन् समाजमा लुटपाट या भनौ अपराधिक गतिबिधिहरु बढ्नुको पछाडी मुख्य गरि शिक्षा या जनचेतनाको कमि नै हो । समाजमा रहेका अधिकाशं ल्न्इरक्ष्ल्न्इ हरु बच्चा र शिक्षाको क्षेत्रमा काम गर्ने वहानामा करडौ रुपैयाँ खर्च गर्दै आइरहेको तर त्यसको प्रभाव भने शुन्यको अवस्थामै रहिरहेको जानकारहरु बताउँछन ।
अझ बढी जोखिम त हाम्रा चाडपर्बको समयमा हुने गरेका छन । हामीहरुको माझमा जव चाडपर्बहरु आउछन तव यस्ता लुटपाटका घटनाहरु क्रमश बढदै गएको सुनिन्छ । प्रहरीको तथ्याकंलाइ हेर्ने हो भने पनि समाजमा लुटपाटका घटनाहरुमा महिनै पिच्छे बढदै गएको देखिन्छ । हाम्रो मुखैमा अव दशै तिहार अनि छठ पर्बहरु आइरहेका छन् । अव हामीले अलिकति भएपनि ध्यान दिने समय भनेको यहि बेला हो । यिनै चाडपर्बको मौका छोपेर अपराधिहरु तपाइ हाम्रो घर आगनमा आउन सक्द्छन । दशै तिहार अनि छठ पर्बको बेलामा हामीहरु कतिपय घर,कोठा, अफिस छाडेर अन्यत्रै पर्ब मनाउन या घुम्न जाने गर्दछौ । अनि पर्ब मनाएर सकेपछि घर,अफिस या भनौ कोठामा फर्केर आउदा घर नै रित्तो हुने गरि लुटपाट भएको दृश्य देखिन्छ ।
समाजको यस्तो कहाली लाग्दो अवस्थालाइ अव तपाइ हामीले टुलुटुलु हेरेर बस्ने की केही गर्ने । अब ढिला नगरी समय मै सहि निर्णय गर्ने अवस्था आएको छ ।सरोकारवाला निकायहरु पनि अब यस बिषयमा गम्भिर हुन जरुरी छ । आजको २१ औ शताब्दीको लक्ष्यलाइ अव तपाइ हामीले मात्रै पुरा गराउन सक्छौ । अव समाजका युवा बर्गले यि र यस्ता बिषयहरुमा ध्यान केन्द्रीत गरेर समाजको मुहार फेर्न सकिने छ । युवा बर्गहरु अव एक भएर समाजमा समाज प्रहरीको रुपमा स्थापित भइ काम गर्न र गराउन तिर लाग्नु पर्ने अवस्था आएको छ । आउनुहोस् हिसां, लुटपाट, चोरी डकैती जस्ता अपराधिक क्रियाकलापहरु मुक्त समाज निर्माणमा सहभागी बनौ र आजकै मिति बाट म हिसां र लुटपाट गर्दिन र गराउदिन भनेर संकल्प गरौ ।
( लेखक नेपाल पत्रकार महासघं चितवनका सदस्य तथा नेपाल प्रेस युनियन चितवनका जिल्ला कार्यसमिति सदस्य हुन ।)




