चितवन । लामो समयदेखि सामाजिक सेवा गर्दै आइरहेका र विभिन्न समय परिश्थितिमा मानबिय सेवा गर्दै आइरहेका एक ग्रुपले आज जोरकुसुम पार्कमा बृक्षारोपण गरेका छन। उक्त बृक्षारोपण कार्यक्रममा भरतपुर महानगरपालिका वडा न १ सदस्य तथा जोरकुसुम पार्कका अध्यक्ष यम बहादुर वाचे मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रममा बाताबरण तथा सरसफाइ महाअभियानका नेपालकै अग्रज सस्था वे.ग्रुप र जोरकुसुम संरक्षण समितिको पनि विशेष उपस्थिती थियो। बृक्षारोपण कार्यक्रम भरतपुर वडा न १ का कार्यबाहक अध्यक्ष र वे.ग्रुपको अध्यक्षबाट थालनी भएको थियो र आज करिब ३० वटा कुसुमको रुख रोपि बाकी ४५ वटा समितिलाई आवश्यक ठाउमा रोप्नको लागि हस्तान्तरण गरिएको थियो।
बृक्षारोपण कार्यक्रमको लागि शुश्मा बानियाले बिरुवा उपलब्ध गराएकी हुन भने कार्यक्रमको संयोजन सरु थापाले गरेकी थिइन। नामले जोरकुसुम पार्क भएता पनि अहिले सो स्थानमा कुसुमको रुख नभएको कारण आफुहरुले कुसुमको रुख रोप्न थालेको सरु थापाले जानकारी दिइन। आफ्नो ग्रुपले चितवनका केही अन्य भागमा पनि बृक्षारोपण गरिने बताइन।
धनवन्तरी क्लिनिककि सन्चालिका तथा विभिन्न सामाजिक सस्थामा आबद्द रहेकी उषा सुवेदीले आफ्नो ग्रुप बिहान हिड्ने मनोरन्जन र स्वास्थ्यको लागि मात्र नभई सो समय सामाजिक काममा पनि प्रयोग गरिने बताएकी छिन।
चितवनकी चर्चित साइकल तथा सरसफाइ अभियन्ता रुक्मिनी सापकोटा घिमिरेले नेपाल प्राकृतिक रुपबाट नै सुन्दर छ र मानव जातिले उक्त सुन्दरता कायम राख्न योगदान गर्न नसकेपनी कम्तिमा बिगार्ने काम मात्र नगरे नेपालको प्राकृतिक सुन्दरता सधै कायम रहन्थ्यो र केही मासिएको रुखहरुलाइ आफ्नो ग्रुप मिलेर रोपि पुरानै रुपमा उक्त स्थानलाई फर्काउन पहल गरेको बताएकी छिन।
उक्त कार्यक्रममा सोही ग्रुपका सहयोगी साथिहरु कल्पना जि सि ,सुधा पन्त , सुजिना पन्त, इन्दिरा लामा घिमिरे , लक्ष्मी पन्तले बाताबरण स्वस्थ्य र सफा राख्न आफुहरु वे.ग्रुपको पाइलालाइ पछ्याउँदै हिडेको बताएका थिए।
कार्यक्रमलाई सफल बनाउनको लागि भरतपुर महानगरपालिका वडा न १ का सदस्य शुक्र कुमार श्रेष्ठ ,हरि थापा,पुर्ण बहादुर जि सि,सोमराज सुवेदी,चितवनका चर्चित संचारकर्मी मनोज घिमिरे तथा क्यामेराको लागि एरिक घिमिरेको उपस्थिती थियो।




