“उप्रान्त, मुग्लानकामहाजनलाई हाम्रा सिमाना देखि उभो आउननदिनु/ तिमहाजनहरु हाम्रामुलुकमाआयाभन्यादुनियाँकंगाल गरी छाड्न्याछन् ।हाम्रा देशका भेद पाउन्या छन्। यि कुरा विचार गरिलिनु । हाम्रो मुलुकगमन रहन्याछ” ।

विश्वइतिहासको भौतिक, सामाजिक, विशेष गरी राजनितिक रङ्गमञ्चमा१६औँ शताब्दी देखि पश्चिमीआक्रान्तता , अंग्रेजी नेतृत्वमाचलिरहेको त्यो एकाधिकारमाआधारीत उपनिवेशी साम्राज्यवादको ताण्डवता,पश्चिम युरोप, अफ्रिकाहुँदै,एशिया सम्म फैलिएको जर–जर त्यो संगिन कालखण्डबाट यो सुन्दर अनिपवित्रहिमवतक्षेत्रलाई सुरक्षित राखी स्वतन्त्र“नेपाल”को पहिचानदिने, “चेपे र मस्याङ्गदीको वेशी–वगरमा खेली हुर्केको एक वीर गोर्खे नवकिशोर आजपौष २७शुभम् तिमीलाई श्रद्दासुमन, पृथ्वी!”
मध्ययुगिन सामाजिकदिनचर्याबाट जकडिएको भारतवर्ष र हिमवतखण्डयाने पुरै पूर्वि एशियाको राज्यब्यवस्थाप्रतिस्पर्धात्मकतथाविस्तारवादी राजनितिबाट नेपालपनि अछुतो थिएन । राजनितिक राज्यब्यवस्थाशताब्दीऔं देखि अनेकौ नेतृत्वमा खण्डित, विभक्तएवं रेखाङ्कीतथियो । टु्क्रेटाकुरे राज्यहरुले आपसमा समाहितभई एकताको परिचयदिनुको ध्येय भन्दापनि बरु एकले अर्कोलाई आक्रमणगर्ने, निस्तेज गर्ने र नाकाबन्दीएवं घेरावन्दीगर्ने राजनिती र रणनितीको रीतले निरन्तरतापाइरहेको थियो ।
दक्षिण एशिया कै विशाल दक्षिणी मैदानीभागजो हालको भारतमा सयौं राज्यहरुविभक्तथिए । भने, उत्तरी हिमवतखण्डको नेपाली वस्तीहरु वाइसे–चौविसेकानामले अस्तित्तवमाथिए । तिमध्ये जुम्ला, जाजरकोट, अछाम, सल्यान, पाल्पा, गुल्मी, कास्की, रिसिङ्, तनँहु, लमजुङ्ग, काठमाण्डौँ उपत्यकामा (कान्तिपुर,पाटन,र्कितिपुर,भक्तपुर), मकवानपुर, चौदण्डी, सिन्धुलीगढी, विजयपुर, सिम्रौनगढ, मिथिलाञ्चल, अरुणपूर्वकामाझकिरात, लिम्बु आदी–आदी राज्यहरुको पंक्तिमा“गोरखा”एक चर्चित राज्यथियो । पश्चिममा चेपे र मस्र्यङ्गदी अनिपूर्वमा वूढीगण्डकी विचको पहाडी वस्तीमा समेटिएको सानो राज्यभएपनि वैद्दिक, धार्मिक, सांस्कृतिक, वौद्दिक, सामाजिकजागरण र एकताभावले एक अब्बल राज्यकानामले परिचितथियो,गोरखा ।
भौतिकसिमाङ्कन र राज्य संचालनमा सवै भन्दा वढी संघर्ष र यूद्द यिनै मध्ये नेपालकापाल्पा, गुल्मी, तँनहु, लमजुङ र गोरखामा नै भइरन्थ्यो ।
तर पनि समान नेपालीधर्म, संस्कृति, रितिरिवाज, चाडपर्व, सामाजिक मृुल्य, मान्यताहरुमाआधारीत आन्तरीकएवं पारस्परिक समानता पूर्णरुपमाविध्यमानभएकाले नै एउटै जिवन शैलीमा लयवद्दति नेपाली राज्य–समाजमापश्चिमीआधुनिकतावादएवं पूर्णभौतिकवादीशिक्षाको प्रभावकाकारणले नेपालीशिक्षाकालागी रुपान्तरण हुने प्रसवताको छटपटि थियो भन्ने कुरा नेपालएकिकरणको सत्यले पुष्टी गरी सकेको छ ।
विविधताभित्रको प्रमुख सांस्कृतिकमुल्य– मान्यता, धर्म, भाषाहरु मध्ये संस्कृत, खस, भारोपेली, नेवा, मैथिली, किँरात, लिम्बु आदिमुलभाषाहरुको अस्त्तिवमा सधार र परिर्माजन सहित साझाभाषाका रुपमा नेपालीभाषालाई चेतनाको माध्यमका रुपमाप्रयोग गर्दै एउटैसिङ्गो विशालराज्यब्यवस्था सहितको समाज रुपान्तरणको शिलशिलाथालनीगर्ने हुटहुटी पूर्ण महत्वाकांक्षालाई अठोटका साथव्यवहारमापनिथालनीगर्ने वीर योद्दा “पृथ्वी ” तिमीलाई फेरी पनिश्रद्दासुमन !
वंशजको पुस्तान्तरणसगैं कुलमण्डनशाह, यशोव्रहमाशाहहुदै राजमातावशन्तावतीको दुधको धाराले सिमाङ्कीत, चेपे नदीको मुहानदुधपोखरीको ऐतिहासिक घटनाक्रमबाटमध्यकालको उत्तरार्ध सगैं गोरखाले वेग्लै पहिचानवनाउँदै आयो । तिआरोह–अवरोहलाई नेतृत्तवदायिभुमिकाले व्यवस्थितगर्न द्रव्यशाह र रामशाहको पनिअतुलनिय परिश्रम र पसिनाले सिंचित छ, गोरखा ।
वि.स.१७७९ पौष२७गते पोखरीथोक डाँडा, गोरखा दरबारमाआमाकौशिल्यावतीको सातमहिने गर्भ बाट जन्मिएका पृथ्वीनारायण शाह, बुवा राजा नरभूपालशाहाको शासनकाल देखि नै वाल्यकाल बाटै बहुमुखीप्रतिभावानथिए । आध्यात्मिकतामाउनिधर्मशास्त्रीय ज्ञान, वैद्दिक, आस्तिक, हिन्दु तर धर्म निरपेक्षी र संहिष्णणि, प्रजावत्सल, गोरखनाथ र गोरखाकालीकाकोभक्तथिएभने, राजनितीमाउनि वुद्दिमता, रणनितिज्ञ, कुटनितिज्ञ साथै कलाकौशलमाउनिपराक्रमी, तेजवीर, शुरवीर, धनुवाण, तरबार, र घोडचढी निपूर्ण थिए ।
नेपालको भु–वनोट, प्राकृतिक छट्टा–सुन्दरता, नेपालीशाहसीक स्वभाव, एकताको भोक,अपनत्वको भाव,कर्मशिलतकाबावजदभारतबर्षका सयौं टुक्रेराज्य संरचनाको छाती माथीवर्वरतामच्चाइरहेको चतुर–दुष्टअंग्रेज र पुरै एशियाको भू–राजनितीलाई किशोरावस्था देखि नै शुक्ष्म रुपले अध्ययनगरिरहेको विलक्ष्ण प्रतिभाकोधनीत्यो नौ जवान राजकुमार वि.स.१७९९चैत्र २५गते गोरखाको राजाबन्नु नै नेपाल र नेपालीकालागिभाग्यको “छैटि रेखा”कोरीएको थियो, सायद !
१२००/१५०० घरधुरीमा फैलावट रहेको पहाडि राज्य भु–वनोटका दृष्टिले कृषिउत्पादनमाकमजोर थियो । बर्ष भरी खाननपुग्नेजनाताको दैनिक“पेटको भोक”काबावजुदपनिविशाल नेपाल सृजनागर्ने शुभकार्यमावाल–वालिका देखि महिला,यूवा, वृद्द सम्म सबैलाई “एकिकरणको भोक”जगाइ कुशलतापूर्ण रुपमा समाहितगर्ने कार्य त्यत्तिचानचुने थिएन ।
निरपेक्ष्य हिन्दुत्वकापक्षपाति, जातिय समानताका घोतक, राज्यमाभौतिक सार्मथ्य सहितको समान सहभागीताको प्रर्वतक, स्वर्गिय वडा महाराजधिराजश्री५पृथ्वीनारायण शाहको तात्कालिन राज्य व्यवस्थावाटअवगतहुनसकिन्छ की,आफ्ना समकालिनक्रान्ति योद्दा विसे नकर्ची, कालु सार्की, मणीरामगाइने, राजगुरु तथापोरोहितकुलानन्द ढकाल(जैशी)र गौरेश्वर पुन्त, वंशगुरुङ ,रानामगरहरु विराजवखतीअनिवीर कमाण्डर कालु पाण्डे जस्ता हजारौ जातियविविधताभएका योद्दाहरुलाई एउटैसमान सहभागीता सहितको सामिप्यता द्दारा राष्ट्रको सासनचलाउनु र वि.स.१८०० देखि नेपालएकिकरण यात्रा शुरु गर्नु नै एक निरपेक्ष्य शासकको उदाहरण थिए“पृथ्वी” ।
पृथ्वीनारायण शाहको जिवनकालमा राष्ट्रका लागीप्रत्यक्ष रुपमा १२वर्ष उमेर देखिकावाल–वालिका, महिला, यूवा, वृद्द हजारौं योद्दाहरु सहभागीभएतापनिअग्रपंक्तिमाकालु पाण्डे, शिवराम सिंह वस्न्यात , भाई–दलजितशाह, शरर्पतापशाह,महोदमर्कितिशाह, नन्दशाह, केहर सिंह वस्न्यात, वंशराज पाण्डे आदी– आदीको नाम र योगदान ईतिहासले कहिल्यै विर्सिने छैन ।
वि.स.१८३१ महाराजको देहशान भएपछि पनिएकिकरणको वागडोर समाल्ने द्दय छोरा बहादुर शाह र बुहारीवीर विरङ्गना राजेन्द्र लक्ष्मीको नायवीकालएवं एकिकरणको अन्तिम चरण वि.स.१८७३ सम्मको अग्रपंक्रिका योद्दा मध्ये दामोदर पाण्डे , अमर सिहंथापा, वलभद्र कूवर, भक्तिथापा, रणवीर सिंह थापा, उजिर सिंह थापा, भिमशेन थापा जस्ता क्रन्तिकारी वीर योद्दाहरुको नामचन्द्र–सूर्य रहेसम्मजिवीत रहिरहनेछ ।
एकिकरणको ७० ा ७१ वर्षको त्यो लामो संघर्षपूर्ण कालखण्डका सयौं युद्दहरुमा हजारौले वीरगतिपाएकाथिए । तथापीर्कितिपूर युद्दमा कालु पाण्डेको वीरगति, शुरप्रतापशाहले आँखागुमाउनु परेको, पृथ्वीनारायण शाह स्वयम यूद्दबन्दी हुनु, पाल्पा–कास्की–तनँहु–लमजुङ बाट पटक–पटक आक्रमण र हारको सामनागर्नपर्नु, चौविसे राज्यसगँको युद्दमा कहेर सिंह वस्न्यात र वंशराज पाण्डेको शाहदतीहुनु,व्यापकतयारी विना नै वि.स.१८२४ सिन्धुलीगढीमा अंग्रेज कमाण्डर किन्लकको फौजलाई पराजय गरानु, भक्तपुरको युद्दमा विजयप्राप्तगर्न सकेतापनि ठुलो जनधनको क्षतिव्यहोर्नु, वुटवल जितगढीको युद्द,पश्चिमनालापानीको अदम्यगौरवपूर्ण यूद्द मोर्चामा७०वषर््ो कमाण्डर भक्तिथापाको साहसिकताअनिपञ्जावी सेनालाई सतलजपारीको काँगडा सुम्पिनुको पिडा, वि.स. १८७१÷१८७३को १४ ंमहिने अंग्रेजसँगको अन्तिम यूद्दमा नचाहँदानचाँ,हदै यूद्दविराम गरी सुगौली सन्धीगर्दाको पिडा, साथै प्रथमविश्व यूद्दको समाप्ती पछी जगंवहादुर राणाको कुटनितिक पहलबाटप्राप्तनयाँमूलक (बाँके, वर्दिया, कैलाली, कञ्चनपूर) को भुमिप्राप्तगर्दाका यि अनेकौं विशेष घटनाक्रमहरु, युद्दमोर्चा र हरेक नेपालीकालागी संयोगान्तक र वियोगान्तक क्षणका रुपमाअभिलेख्य रहेकाथिए र रहनेछन् ।
छीमेकीराज्य र राजाहरुलाई पगरी उपहार, र्धािर्मक यात्रा, मितेरी साइनो, विवाह सम्बन्ध, व्यापारीकपारवहन सम्बन्ध, नाकाबन्दीआदिउपायहरु नै पृथ्वीनारायण शाहका राजनितीभित्रको रणनैतिकतथा कूटनैतिक सिद्दान्तहरु थिय ।तिनै राष्टवादी सिद्दान्त नै नेपालएकिकरणका लागीमूलमन्त्रवन्नपुगेको यर्थात सत्य हो । राज्यसंचालनगर्न, समाजमाधार्मिक संहिष्णुता, जातिय समानता, कुषि, उद्योग–कलकारखाना, खानी, व्यापार, अन्तराष्ट्रिय व्यापार सम्बन्ध, वैदेशिक कुटनितीक सम्बन्ध, देशको प्रशासनिक सु–व्यवस्था, घुष रहित जनसेवा र सम्पूर्ण स्वाभिमानपूर्ण सार्वभौमिकताकावारेमाभावी पुस्ताहरुकालागीजिवनको अन्त्यतिर दिइएकातिबहुमुल्यदिब्य–उपदेशहरु आजपनिउत्तिकै सान्र्दभिक र प्रेरणादायि छन् ।
लाखौं–लाखको धनमाल खर– खजना, हतियार, भौतिक संरचना, सैनिकखर्च एवं हजारौं यूद्दवीर नेपाली योद्दाहरुको वलिदानीपूर्ण साथ र सहयोगले पूर्वमासिक्कीमको मैदानी फाँट हुदै टिष्टा देखि पश्चिममा सतलजको किनार सम्मउत्साह र उत्सर्गपूर्णशाहदतको रातो रगतले नेपाल राष्ट्रको सिमारेखाकोर्न सफलबनाउने महानक्रान्तिकारी योद्दा ! राष्ट्रर्निमाता! राष्ट पिता ! वडामाहाराजधिराजश्री ५ पृथ्वीनारायण शाहलाई पून: एक पटक ३०१औं जन्मजयन्तीको राष्टिय सलाम । श्रद्दा सुमन, पृथ्वी ! !!
(लेखक: शरदपुर माध्यमिक बिधालय चितवनका शिक्षक हुनुहुन्छ )




