चितवन। उद्योगी व्यवसायीहरुको हक, हितको संरक्षण, संवद्र्धन र प्रबद्र्धन गर्दै यस क्षेत्रको आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यले भोलिअसोज ६ गते देखि ८ गते सम्म चितवनमा महिला उद्यमी मेला हुने भएको छ । मेला विहान ९ बजे देखि वेलुका ५ बजेसम्म संचालन हुने छ । उद्योग वाणिज्य संघ चितवन महिला उद्यमी विकास समितिको आयोजनामा संघको परिषरमा आयोजना हुने मेलाको तयारी पुरा भएको छ ।
प्रत्येक बर्ष महिला उद्यमिका समस्याहरु समाधानार्थ बिबिध कार्यक्रम सञ्चालन गर्दै आइरहेको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत पुरस्कृत हुन सफल उद्योग वाणिज्य संघ–चितवनले महिला उद्यमशिलता विकास र यसको प्रबद्र्धनमा योगदान पुर्याउंने उदेश्यले सो मेला गरिएको हो ।
उद्यमशिलताको माध्यमबाट महिला सशक्तिकरणमा योगदान पु¥याउदै यस क्षेत्रको आर्थिक उन्नतीमा समेत सहयोग पु¥याउनका लागि महिलाहरुलाई आय –आर्जनका क्रियाकलापहरुमा संलग्न गराउनु मेलाको मुख्य उदेश्य भएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
यसै सिलसिलामा जिल्ला लगायत यस वरपर क्षेत्रका घरेलु तथा लघु उद्यमी महिलाद्धारा उत्पादन गरिएका वस्तुहरुको आवश्यक प्रचार प्रसार गर्दै महिलाहरुलाई आत्मनिर्भर बनाउने र सम्भावित उद्यमीहरु (खास गरि गृहणी महिलाहरु) लाई उद्यमशिलता तर्फ उन्मुख बनाउने उद्देश्यले उद्योग वाणिज्य संघ–चितवन अन्र्तगत महिला उद्यमी विकास समिति र महिला उद्यमशिलता संग सम्बन्धित उपसमितिहरुको सक्रियता र उवासंघ– चितवनको संरक्षकत्व रहने गरि घरेलु तथा साना उद्योग कार्यालयको सहयोगमा यस अगावै चितवन कोसेली घर सञ्चालनमा ल्याईएको छ ।
तिन दिन सम्म सञ्चालन हुने मेला कम्तिमा ६ हजार दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको मेलामा करिव १५ लाख सम्मको आर्थिक कारोवार हुने उवासंघ चितवनका कार्यकारी निर्देशक निल बहादुर केसीले जानकारी दिनु भयो । हाल सम्म मेलाका लागि आवश्यक प्रचार प्रसार, परिसर निर्माण, प्रर्दशक संकलनलगायतका कार्यहरु सम्पन्न भइसकेको छ । जम्मा ३४ वटा स्टल रहने मेलाका लागि प्राय सवै स्टलहरु आरक्षण भइसकेका छन् । प्रदर्शन गरिने बस्तु र लगानीको आधारमा ३ किसिमका स्टलहरुको व्यवस्था गरिएको संघका कार्यकारी निर्देशक केसीले जानकारी दिनुभयो ।
स्टलको भाडादर १० हजार ५ हजार र ३ हजार रहेको जानकारी दिँदै संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले एकल महिला, दुर्गमका महिलालगायतलाई स्टलहरु निःशुल्क उपलब्ध गराइने वताउनु भयो । उक्त मेलाले यस क्षेत्रमा रहेका घरेलु तथा लघु महिला उद्यमीद्धारा उत्पादित वस्तु तथा सेवाहरुको प्रचार प्रसार हुने वताउँदै कार्यक्रम अधिकृत सुवेदीले उद्यमशिलताका नवप्रवेशी महिलाहरुको लागि पनि कार्यक्रम कोषेढुंगाको रुपमा स्थापित हुने दावी गर्नु भयो ।




