सर्लाही ।
सर्लाहीको लालबन्दि नगरपालीका १७ रानिगन्जमा रहेको श्री फौदसिंह जनता माध्यमिक विद्यालयको ५९ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर १ ’ख’ का प्रदेश सांसद बेची लुङ्गगेलीले देशमा गुणस्तरीय प्रविधियुक्त शिक्षा भए विकास निर्माणदेखी खोज अनुसन्धानका कामहरुमा प्रगती गर्न सकिने बताए । विगतमा भन्दा अहिले फौदसिंह जनता माध्यमिक विद्यालयको शिक्षाको गुणस्तरमा सुधार भएकोमा खुसी व्यक्त गर्नू भयो । प्रदेश सांसद लुङ्गगेलीले यस फौदसिंह जनता माध्यमिक बिधालयलाई आफ्नो मन यही बिधालयलाई राम्रो बनाउन लागी परेका र छीटै फौदसिंह जनता माध्यमिक बिधालय नमूना बिधालय बन्ने बिस्बास समेत ब्यक्त गनूभयो ।
कार्यक्रममा लालबन्दी नगरपालिकाका नगर प्रमूख वासुदेव अधिकारी,नगर उपमेयर कल्पनामाया पाख्रिन , प्रमुख प्रशासकीय अधिकृत वसन्त कूमार न्यौपानेले विगतमा भन्दा अहिले फौदसिंह जनता माध्यमिक विद्यालयको शिक्षाको गुणस्तरमा सुधार भएकोमा खुसी व्यक्त गर्नू भयो ।
विद्यालयको ५९ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम लालबन्दी नगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष विष्णुहरि अधिकारीले विद्यालयको भौतिक पुर्वाधार निर्माणमा व्यवस्थापन समिति, शिक्षक, अभिभावक, स्थानिय वुद्दिजिवि र स्थानिय तहले सक्दो सहयोग गरिरहेकोमा धन्यवाद व्यक्त गर्नु हुदै विद्यालयलाई अझै मजबूत र व्यवस्थित गर्न आफुले सक्दो पहल गर्ने भनाइ व्यक्त गर्नु भएको थियो ।
विद्यालयका प्रधानाध्यापक मीनबहादुर पूर्वछानेले विद्यालयमा भएको र भईगरिरहेको भौतिक साथै आगामि कार्यदिशाको बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका वरिष्ठ सदस्य माधवप्रसाद अधिकारीले गर्नुभएको थियो । भने वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रमा सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर १ ’ख’ का प्रदेश सभा सदस्य सांसद बेची लुङ्गगेलीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा लालबन्दी नगरपालिकाका नगर प्रमूख वासुदेव अधिकारी,नगर उपमेयर कल्पनामाया पाख्रिन , प्रमुख प्रशासकीय अधिकृत वसन्त कूमार न्यौपाने र लालबन्दी नगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष विष्णुहरि अधिकारीको विशिष्ट अतिथ्य रहेको थियो ।

सर्लाहीका सामुदायिक विधालय मध्ये क्भ्भ् मा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल मल्लिका पूर्वछाने ३.९५ न्एब् र सफल श्रेष्ठ ३.८७ न्एब् लगायत सम्पूर्ण विधार्थीहरुलाई वधाई तथा उज्जवल भविष्यको शूभकामना समेत ब्यक्त गर्नू भयको थियो ।
साथै सोही कार्यक्रमको अवसर पारी विद्यालयबाट सरुवा भई जाने शिक्षकहरूको विदाई तथा सम्मान र विद्यालयमा सरुवा भई आउने शिक्षकहरुलाई स्वागत गरिएको थियो । विद्यालयका विद्यार्थीहरूद्वारा नृत्य ,गायनजस्ता सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको उक्त कार्यक्रममा वडा नम्बर १७ का वडा स्तरिय राजनितीक दलका प्रतिनिधि,आसपासका विद्यालय का पुर्व प्राध्यापक÷ प्राध्यापक, शिक्षक, भुतपुर्व विद्यार्थीहरु, क्याम्पसका प्रमुख तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष,सदस्य विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू,शिक्षा प्रेमी , अभिभावक, शिक्षक,स्थानीय बुद्धिजीवी तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
यस्तै वार्षिक उत्सव कार्यक्रममा विद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधिका बारे विद्यालयका प्रधानाध्यापक मीनबहादुर पूर्वछानेले ,आर्थिक गतिविधि प्रशासनिक सहायक पुष्कलराज घिमिरेले प्रस्तुत गर्नुभएको वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक सन्तोष गैरापिप्लीले गर्नुभएको विद्यालयका प्रधानाध्यापक मीनबहादुर पूर्वछानेले बताउनू भयो ।




शिक्षाको महत्त्व …………..
शिक्षा’ भन्ने बित्तिकै स्कुल, क्याम्पस आदिमा र घरमै पनि नियमित रूपले अध्ययन गर्ने–गराउने वा पढेको बन्दोबस्त मिलाउने काम भन्ने बुझिन्छ । सिकेर, पढेर, सुनेर वा अन्य कुनै पनि प्रकारले ग्रहण गरिने सैद्धान्तिक तथा व्यावहारिक विषयको बोध वा ज्ञान पनि शिक्षा नै हो । ‘शिक्षाको महत्त्व’ भनेको कुनै विषयमा सिकेर पोख्त हुने इच्छा वा चाहनाको महत्त्व हो । शिक्षा मानव जातिको तेस्रो चम्किलो आँखा भएकोले आजको युगमा यसको निकै ठूलो महत्त्व रहेको छ । शिक्षाबिना मानिस ज्ञानले अन्धो नै हुन्छ । शिक्षा आजका मान्छेको एक महत्त्वपूर्ण गहन नै भएकोले यसको महत्त्व निकै ठूलो छ ।




