सर्लाहीको लालबन्दी नगरपालिका–१६ को वडास्तरीय योजना छनौट कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८२/८३ का लागि आयोजित कार्यक्रम वडाध्यक्ष गणेश थापा अध्यक्षता वडा भवनको सभाहल सम्पन्न भएको हो।
कुल ६१ लाख ३६ हजार रुपैयाँको बजेट सीमा भित्र रही शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सिचाइ र खेलकुद लगायत बिकासको लागि प्राथमिकतामा राखी योजना तय गरिने वडाले जनाएको छ।

वडा बासिहरुको बिकाशका चाहना र योजना धेरै भए पनि बजेट सिमित र सबै बर्ग क्षेत्र समुदाय लाई समेत समेटिने गरि योजना बनाउनु पर्ने हुदा अति आबश्यक योजनाहरुलाई प्राथमिकतामा राख्न त योजना बनाउने वडाको धारणा रहेको छ ।

त्यस्तै कुनै पनि योजना को लागि कमिसन को खेल नहुने र यदि कोही कसै बाट भए त्यस्तो लाई कार्बाही को दायरा मा ल्याउन आफु र नगरपालिका टिम कटिबद्द रहेको बताउनु भयो ।

कार्यक्रममा खानेपानीको बिषयमा तिनघरे एकीकृत ग्रामीण बिकास खानेपानी उपभोक्त समितिका अध्यक्ष तेज बहादुर खत्री (गोबिन्द) ले खानेपानीको बिषयमा सल्लाह सुझाव दिएका थिए भने सिचाइको बिषयमा रामजी फुयाल, युवाको विषयमा सुमन लामा र शिक्षाको बिषयमा श्री डिम जनता माद्यामिक विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष राजु बुढाथोकीले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको सञ्चालन वडा सचिव बिष्णु प्रसाद गौतमले गरेका थिए भने महिला वडा सदस्य उमा थापाले स्वागत मन्तव्य राखेका थिए।

गणेश थापा वडाध्यक्षको कार्यकालमा कुनै पनि पार्टी, धर्म, जात लाई भेटभाव नगरी बिकासको काम गरेको वडा-१६, शिक्षा,स्वास्थ, खेलकुद, खानेपानी नगरकै उत्कृष्ट भएको कार्यक्रममा उपस्थिति भएकाहरु भनाई रहेको छ ।




