सर्लाही ।
सर्लाही मलङवाबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छ्न्।
मलंगवा नगरपालिका–८ भन्सारमा ससत्र प्रहरिले जिल्ला सर्लाही बिष्णु गा.पा.-6 घर भई हाल मंलगवा न.पा.-2 बस्दै आएका अन्दाजी बर्ष 36 को ईन्द्रजित प्रसाद साहलाई चेकजाँच गर्ने क्रममा श्रोत नखुलेको रकम आलुको झोलामा रु.8,00000 (आठ लाख) र मो.सा.को बैट्री राख्ने ठाँउमा रु.6,00000।– (छ लाख) गरि जम्मा नेपाली नगद रु.14,00000 चौध लाख रकम र मोटरसाइकलको 60,000 सहित जम्मा 14,60,000 सहित साहलाई नियन्त्रणमा ससत्र प्रहरिले जनायको छ ।
भारतबाट बीआर ३० के ४००९ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाका ससत्र प्रहरी चेक जाच गर्दा सो रकम बरामद भयको हो ।
पक्राउ परेका साह र बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक अनुसन्धानको लागि भन्सार कार्यालय सर्लाही बुझाएको
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाले जनायको छ।




