काठमाडौ । अघिल्लो वर्षको अनुदान भुक्तानी माग गर्दै किसानहरूले चौथो दिन पनि धर्ना जारी राखेका हुन्।

Advertisement
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को अनुदान भुक्तानी प्रतिक्वीन्टल ७० रूपैयाँका दरले गर्नुपर्ने उनीहरूको माग छ।

उखु उत्पादक महासंघको नेतृत्वमा भएको आन्दोलनमा १३ जिल्लाका उखु किसानहरू चार दिनदेखि माइतीघरमा धर्नामा छन्।

किसानहरुको मागप्रति ऐक्यबद्धता जनाउँदै बुधबार विभिन्न दलका नेताहरू बुधबार माइतीघर पुगेका छन्।

सरकारमै रहेको नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सहित मधेसवादी दलका नेताहरू बुधबार माइतीघर पुगेका थिए।

नेपाली कांग्रेसका नेता एनपि साउद, माओवादी केन्द्रका गिरिराजमणि पोखरेल, बिना मगर लगायतका नेताहरूले उखु किसानका आन्दोलनमा ऐक्यबद्धता देखाएका हुन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




