सर्लाही ।
कृषि कार्यमा आधुनिक मेशिन तथा सवारीसाधन प्रयोग भएपछि ग्रामीण भेगको मुख्य सवारीसाधन बयलगाडा हराउन थालेको छ । एक ठाउँबाट अर्काे ठाउँमा सामान ओर्सान तथा मानिस आउजाउ गर्न प्रयोग हुने बयलगाडा ग्रामीण क्षेत्रबाट पनि हराउँदै गएको छ । खेत जोताइका लागि ट्याक्टरमा हलो, रोटाभेटर आयसङ्गै ग्रामीण क्षेत्रका किसानहरूले गोरु पाल्न छाडेका हून ।

बयलगाडा तराई मधेशको एउटा चिनारी हो तर पछिल्लो समय यहाँ बयलगाडा देख्नै मधेशमा नै मुस्किल पर्न थालेको छ । तराई मधेशमा गोरु पाल्ने चलन हराएपछि बयलगाडा लोप हुँदै गएको छ । अहिले मधेशका गाउँमा पस्दा कतै कतै आक्कल झुक्कल मात्रै बयलगाडा देखीने गरेका किसान सिताराम महतो बताउ छन ।
तराई मधेशको एउटा चिनारीको रुपमा रहेको गोरु गाडा हेर्न मुस्किल पर्न थालेको छ । किसानहरु कृषि कार्यको लागि गोरु पाल्न छाडेपछि गोरु गाडा पनि लोप हुँदै गएका छन् । अहिले तराई मधेसका गाउँघरमा आक्कल झुक्कल मात्रै गोरु गाडा देख्न सकिन्छ । पहिले एक ठाउँबाट अर्को ठाउँमा पुग्न तथा कृषि उपज र अन्य सामग्री ओसार पोसार गर्न बयलगाडाको प्रयोग हुन्थ्यो । अहिले सवारी साधनकोे सहज पहुँच र छिटो छरितोको खोजीमा बयलगाडाको प्रयोग हुन छाडेको छ । कृषि कार्यका लागि विभिन्न आधुनिक मेशिनबाट खेतको खनजोत गर्न सहज, छिटो र सस्तो भएको कारण किसानहरूले गोरुलाई विस्थापित गरेको किसानहरु बताउ छन ।

मधेशका गाउँमा कोही कोहीले मात्रै धान चामल मकै पराल मल बोक्न र नजिकैका आफन्तकहाँ जाँदा बयलगाडाको प्रयोग गर्थे । पहिले मधेशमा गाडीको सहज पहँुच नहुँदा माइत, मावली र ससुरालीसम्म पुग्न पनि बयलगाडाकोे प्रयोग हने गरेको थियो ।
आधुनिकतासँगै मानिस सुविधाभोगी बन्दै व्यावसायिक हुन थालेपछि बयलगाडा हराउँदै गएको हो । विगतमा लामो तथा छोटो दुरीका यात्रामा बयलगाडानै प्रयोग गून्थ्यो । अहिले जमाना धेरै अगाडी बढिसक्यो, अहिले घर घरमा मोटर साइकल, ट्याक्टर र अन्य आधुनिक गाडीहरु आइसके । अहिले प्रविधिको विकासले चलन फेरिएको छ । बयलगाडा वा राँगागाडा अब इतिहास भइसकेको छ । मोटरसाइकल, कार, जिप, बस,ट्रक हुँदै बिभिन्न सवारी साधन सहज रुपमा उपलब्ध हुन थालेपछी बयलगाडा लोप हूदै गयको स्थानिय सूरज खनाल बताउ छन । अहिले त कहीँ कतै गोरुगाडा देख्दा पनि नौलो लाग्छ । नयाँ पुस्ताहरुलाई कहीँ कतै गोरु गाडा देख्दा पनि नौलो लाग्ने गरेको छ । मधेशका भित्री बस्तीमा समेत गोरुगाडा देख्न मुस्किल पर्न थाली सकेकोे छ ।





