भक्ती रिजाल, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका भित्र रहेको हरिवन ओपन स्काउट कृउले जेनजी आन्दोलनबाट जलेका वडा तथा अन्या सार्बजनिक स्थानमा पुगी सरसफाइ अभियान सुरु गरेको छ ।
भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा हरिवन नगरपालिकाका विभिन्न सार्बजनिक तथा निजि स्थानमा तोडफोड र आगजनी भएको थियो । हरिवन नगरपालिकाको कार्यालय तथा वडा नम्बर ११, १० तथा वडा नम्बर ८ लगायतका स्थानमा ठूलो क्षती भएको थियो ।
Advertisement

हरिवन ओपन स्काउट कृउले जेनजी आन्दोलनबाट जलेका वडा तथा अन्य सार्बजनिक स्थानमा पुगी सरसफाइ अभियान सुरु गरिएको बताएको छ ।

हरिवन ओपन स्काउट कृउका सचिब नारायण बहादुर कार्कीका अनुसार नगर भित्र या बाहिर आवश्यकता अनुरुप सरसफाइ कार्य सन्चालन हुनेछ । यस्तो अवस्थामा मानबीयताका हिसाबले पनि सामाजिक कामलाइ प्राथमिकता दिनु आफ्नो संगठनको कर्तब्य रहेको कार्कीले बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




