छापामार बहिनी…..
कलम समाउने हातहरुले
चिसो बन्दुक समाएकी थियौ।
किताब कापी बोक्ने झोलाभरी
बम गोला र बारुदहरु बोकेकी थियौ।
अन्धकार बस्तिमा सुनौलो बिहानी
ल्याउछु भन्दै हिडेकि थियौ ।
हो उ एक छापामार ।
आमूल परिवर्तनको लागि ,
सर्बहारा शोषित पीडित बर्गहरुको
हर अधिकारको खातिर
कयौ खोला जङ्घार तरेकी थियौ।
कयौ उकाली चढेकि थियौ
कयौ ओराली झरेकी थियौ ।
कयौ बैसालु र बिसालु काँडा सङ्ग
जुध्यो उस्को दुई पाउ,
कयौ कठोर पत्थर सिलामा
ठोकिए उस्को दुई पाउ,
कदाचित रोकिएन ती खुट्टाको बेगहरु
रक्तिम छाप छाड्दै हिडिरहेकी
ती अलैची र सालको पात माथी ।
जातिय लिङ्गिय बर्गिय विभेद देखेर
असमानताको विरुद्धमा समानताको लागि
बन्दुक बोकेकी थियौ ।
कयौरात भोकै सुतेकी थियौ,
कयौ रात तिर्खै लडेकि थियौ ।
कयौ लासहरु माथी टेकी
गोलि हानेकी थियौ ।
हो उ एक छापामार योद्धा ।।
ए छापामार बैनी….
के तिम्रो सपना पूरा भयो ?
अन्धकार बस्तिमा सुनौलो बिहानी आयो ?
के सहिदहरुको रगतको बलिदानले न्याय पायो ?
बिन्ती छ ए छापामार बैनी….
एकचोटि बोलि देउन तिम्रो सपना पूरा भयो कि भएन ?
# लेखक: सन्जिब लामा “दिवस”




