प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको हरिवनमा नगरपालिकामा ‘ हाम्रो शहर परियोजना’ अन्तर्गत हरिवन नगरपालिका का विभिन्न बिषयगत शाखा का प्रमुख का साथै टोल विकास संस्था, योजना निर्माण र बजेट तर्जुमा सम्बन्धी एकदिने अभिमुखीकरण कार्यशाला सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षताहरिवन नगरपालिका का नगरप्रमुख रमेश बुढाथोकी कमलले गर्नुभएको थियो ।
कार्यक्रमको उद्देश्य तथा परियोजनाका गतिविधिबारे हाम्रो शहर परियोजनाका कार्यक्रम संयोजक धिरेन्द्र चौधरीले गर्नु भयो । कार्यशालाको सहजीकरण प्रशिक्षक दय पुष्कर मणि घिमिरे र वसन्त भट्टराईले गर्नुभएको थियो ।
कार्यक्रममा हरिवन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हेमराज फुयाल, विभिन्न विषयगत शाखाका प्रमुखहरु, वडा नं. ८ र ११ मा गठन गरिएका टोल विकास संस्थाका पदाधिकारी, वडा अध्यक्ष तथा स्थानीय सरोकारवालाको उपस्थिति रहेको सहजीकर्ता पुनम भट्टराईले बताउनुभयो ।
कार्यशालामा प्रशिक्षकहरूले नेपालमा टोल विकास संस्थाको अवधारणा, टोल विकास संस्था र टोल सुधार समितिबीचको फरक, संस्थाका उद्देश्य, आवश्यकताहरू, फाइदा र चुनौती, स्थानीय तहसँगको समन्वय, साक्षेदारी संस्था गठन प्रक्रिया, पदाधिकारीको जिम्मेवारी, लेखा व्यवस्थापन, विकासको अवधारणा, विकास–योजना सम्बन्ध, योजना तथा बजेट तर्जुमा प्रक्रिया, स्रोत अनुमान तथा स्थानीय तहका कानुनी तथा संवैधानिक व्यवस्था आदि बिषयमा विस्तृत जानकारी गराउनुभएको थियो ।

कार्यक्रमका क्रममा बागमती सेवा समाज हरिवन सर्लाहीका सहजकर्ता बिधा पौडेलका अनुसार समाजले बिगत तीन दशकदेखि सर्लाही, मधेश, कोशी र बागमती प्रदेशमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ र विपद् व्यवस्थापन लगायतका क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएको बताउनु भयो । साथै, समाजले हरिवन नगरपालिका वडा नं. ८ र ११ लाई प्राथमिकता दिँदै गत एक वर्षदेखि सुशासन, नेतृत्व विकास, क्षमता अभिवृद्धि र दिगो पूर्वाधार निर्माणका क्षेत्रमा हेल्भेटास नेपालको आर्थिक तथा काठमाडौँ विश्वविद्यालयको प्राविधिक सहयोगमा ‘हाम्रो शहर परियोजना’ मार्फत काम गर्दै आएको जानकारी दिनुभयो ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्दै सहभागीहरूले टोल विकास संस्थाको भूमिकालाई अझ प्रभावकारी बनाउन यस्तो अभिमुखीकरण महत्वपूर्ण भएको धारणा व्यक्त गरेका छन् ।




