भक्ती रिजाल
सर्लाही । तीन बुँदे माग सहित सर्लाही जिल्लाका उखु किसानहरुले सर्लाही जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई ज्ञापनपत्र बुझाउँदै आफ्ना उचित मागहरुको सम्बोधन सात दिनभित्र नभए आन्दोलनमा जाने चेतावनी पनि दिएका छन् ।
बारम्बार किसान मारा मिल मालिकसंँग हात पसार्नु पर्ने पिडित उखु किसानको पक्षमा निर्णाय संघर्ष गर्नु पर्ने दिन नजिकिएको ।
संयुक्त उखु किसान संघर्ष समितिका अध्यक्ष शेख इस्तिहारले जानकारी दिए । किसानको हक अधिकारको लागि हामी निरन्तर संघर्षमा छौ । अनुदानको रकम किसानले तत्काल पाउनु पर्छ भन्ने हाम्रो माग हो ।
अब पनि मिल मालिक र बिचौलिया मार्फत किसान माथि अत्याचार हुन्छ भने त्यसका बिरुद्धमा कडा संघर्ष गर्न आफुहरु तयार रहेको समितिका अध्यक्ष इस्तिहारको भनाइ छ ।

बिगतका दिनहरुमा किसानहारुको हक हितका लागि भनेर गठन गरिएका संघर्ष समितिहरुले जनतालाई गुम्राहामा राख्ने काम गरेकोले अब संयुक्त उखु किसान संघर्ष समिति मार्फत निर्णायक र निष्कर्षसहितको आन्दोलनमा जानु पर्ने युवा नेता तथा संघर्ष समितिका उपाध्यक्ष सिङ योन्जनको भनाइ छ ।




