सर्लाही । आसन्न फागुन २१ गते हुन गैरहेको निर्बाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी सर्लाही क्षेत्र नम्बर -१, ले महिला निर्बाचन परिचालन कमिटी संयोजकमा पार्टीका नेता गीता माझी लाई चयन गरेको छ ।
यहि फागुन २१ गते सम्पन्न हुन गइरहेको निर्बाचनलाई सफल तुल्याउन महिला ब्यबस्थापन तथा परिचालनको जिम्मेवारी नेता माझीलाई दिइएको नेपाली कम्युनिस्ट पार्टी सर्लाही क्षेत्र नम्बर -१, का नेता कौशिला लुंगेली मगरले जानकारी दिइन ।
सर्लाही क्षेत्र नम्बर- १, बाट नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट केन्द्रिय नेता प्रमोद साह पाँचकुने तारा चुनाब चिन्ह लिएर चुनाबी मैदानमा उत्रिएका छन् ।
कामकाजी तथा इमान्दार नेताको छवि बनाएका साहलाई क्षेत्र नम्बर १ बाट चुनाब जिताउन सबैले आ-आफ्नो स्थानबाट महत्वपूर्ण योगदान दिनु पर्ने संयोजक माझीको भनाइ छ ।

कार्यक्रमको प्रमुख अतिथी सर्लाही क्षेत्र नम्बर एक (ख) की प्रदेश सभा सदस्य तथा पुर्ब मन्त्री बेची लुंगेली थिइन् भने नेपाली कम्युनिस्ष्ट पार्टी क्षेत्र नम्बर १ का उम्मेदवार प्रमोद साह लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।




