सर्लाही । सर्लाहीको मलंगवामा गोली प्रहारबाट सर्लाही पूर्वाधार विकास कार्यालयका सब–इन्जिनियर प्रमोद यादवको मृत्यु भएको छ । देवीटोल स्थित जिल्ला सिरहा सुखीपुर नगरपालीका ६ बैशाखा घर भई हाल मलंगवा नगरपालिका–१० दुर्गानन्द यादवको घरमा डेरा गरी बस्ने सर्लाहीको पूर्वाधार विकास कार्यालय अन्तर्गत कार्यरत यादवमाथि आइतबार साँझ करिब ८ बजेतिर गोली प्रहार भएको सर्लाही प्रहरीले जनाएको छ । घटना मलंगवा नगरपालिका–१० क्षेत्रमा भएको बताइएको छ ।
मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सव–इन्जिनियर प्रमोदकुमार यादवमाथि अपरिचित समूहले गोली प्रहार गरेको हो । यादवको देव्रे छातीमा गोली लागेको प्रहरीले जनाएको छ ।
गोली लागेपछि गम्भीर घाइते भएका सब–इन्जिनियर यादवलाई उपचारका लागि मलंगवा अस्पताल पु¥याइएको थियो । मलंगवा अस्पताल स्रोतका अनुसार सब–इन्जिनियर यादवको मुटू नजिक गोली लागेको र उपचारका क्रममा मृत्यु भएकोे सर्लाही प्रहरिले जनायको छ ।
यता जिल्ला प्रहरी कार्यालय सर्लाहीका नायब प्रहरि उपरिक्षक एवंम सूचना अधिकारी सरोज राईका अनुसार अज्ञात समूहले गोली प्रहार गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र संलग्न व्यक्तिको खोजी कार्य जारी रहेको सर्लाही प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको तथा सदरमुकाम मलंगवाको सुरक्षा व्यवस्था कडा पारिएको नायब प्रहरि उपरिक्षक राईको भनाइ छ ।




