सर्लाही । नेपाल पत्रकार महासंघ सर्लाहीका सदस्य समेत रहेका प्रेमनाथ पौडेल आफ्ना सहोदर दाजुसंँगै काम बिशेषले महोत्तरी गइरहेका बेलामा सडक बिभागले असावधानी पूर्वक काटेको रुख ढल्दा दाजुसंँगै गंभिर घाइते भएका छन् ।
महोत्तरीको लक्ष्मिनियाँ भन्दा पूर्व दाजुसंँगै मोटरसाइकलमा सवार पौडेल र दाजुमाथि रुख ढलेको थियो । कमला–ढल्केबर–पथलैया सडक योजनाले पूर्वपश्चिम राजमार्ग विस्तारको क्रममा रुख काट्ने काम गरिरहेको छ तर पूर्व सुचना र सावधानीका उपाय नपनाइ रुख ढाल्ने गर्दा मानिसहरु घाइते तथा अङ्ग- भङ्ग हुने गरेका छन् ।
हाल नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटीमा उपचार गराइरहेका पौडेल माथि भएको घट्नाले आफुलाई स्तब्ध परेको पत्रकार तथा डिजिटल पत्रीका विश्व दर्पणका संम्पादक राजेश थापा मगर बताउँछन् ।
सडक विभागको लापरबाहीले पत्रकार प्रेमनाथ पौडेल माथि भएको गंभिर क्षतिलाई मध्यनजर गर्दै क्षतिपूर्तिको माग गर्दछु ।
सडक निर्माण आयोजनाका कर्मचारीले बिना सूचना गैरजिम्मेबार ढंगबाट रुख काट्ने काम गर्दा पत्रकार पौडेललाई पुगेको शारीरिक क्षति र समस्याको बिषयलाई लिएर यतिबेला सर्बत्र चासो र चर्चा भैरहेको छ ।




