सर्लाही । रौतहटको अस्थायी ट्राफिक प्रहरी पोस्ट विजयपुर लक्ष्मीनियामा कार्यरत ट्राफिक प्रहरी सहायक हवल्दार सागर विष्ट मधेस प्रदेशको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले उनलाई जेठ महिनाको उत्कृष्ट ट्राफिक प्रहरीको अवार्ड प्रदान गरेको हो ।
नेपाल प्रहरि राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका ट्राफिक प्रहरि उपरिक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले ट्राफिक सहायक हवल्दार सागर विष्टलाई अवार्ड सहित नगद पुरस्कार प्रदान गरेका हून ।
रौतहटको अस्थायी ट्राफिक प्रहरी पोस्ट विजयपुर लक्ष्मीनियामा कार्यरत विष्टले ट्राफिक व्यवस्थापन र अस्थायी ट्राफिक प्रहरी पोस्ट विजयपुर लक्ष्मीनिया कार्यालय निर्माणमा महत्त्वपूर्ण योगदान गरेको मूल्याङ्कन गर्दै उनलाई उत्कृष्ट घोषणा गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराले जनाएको छ ।





