विगत ६ महिनादेखी विश्वभर फैलिएकाे काेराेना भइरसले धेरै क्षेत्रलाई प्रत्यक्ष एवम् अप्रत्यक्ष असर परेकाे कुरा हामी सबैलाई अवगत नै छ यस कुराबाट शिक्षा क्षेत्र पनि अछुताे रहन सकेन । अहिले लाखाैकाे सङ्ख्यामा बिधार्थीकाे भविष्य अन्याैलपूर्ण छ ,कारण पठन -पाठन ठप्प र राेकिएकाे परीक्षा नै हाे ।
म लेखक ,हाल पुर्वाअन्चल विश्वविद्यालय अन्तरगत श्री मेडिकल एण्ड टेक्निकल कलेज चितवनमा ब्याचलर इन फार्माेसीकाे अन्तिम बर्षकाे बिधार्थी हु । त्यी लाखाै बिधार्थी जस्काे भविष्यमा अन्याैलपुण छ त्यसमध्येकाे म पनि एक हु । बिश्वबिद्धालय ले बैशाख २ गतेबाट साताै सेमेस्टार परीक्षा तारिका निकाल्याे ,हामी कक्षाकाे करिव २६ जना परिक्षाकाे तयारीमा थियाै । कलेजले प्रि बाेर्ड परीक्षा लिइराखेकाे थियाे ,एक्कासी काेराेना माहामारीकाे कारण सरकारले लकडाउनकाे घाेषणा गर्याे,त्यस दिन देखि कलेज बन्द भयाे साथै हाम्राे परीक्षा र पठनपाठन पनि बन्द नै भयाे ।
बिचमा केही समयमा कलेजले अनलाइन क्लास काे प्रारम्भ गर्याे त्यसले पनि निरन्तरता पाउन सकेन ,बिश्वबिद्धालयले न ठाेस निर्णय न त कलेजलाइ दियाे न त बिधार्थी लाई नै दिन सक्याे ।बिश्वबिद्धालयले कहिले परीक्षा हुन्छ भन्छ कहिले हुदैन भन्छ ।लकडाउन खुकुलाे पारेकाे बेला बिश्वबिद्धालयले परीक्षा गराउने तयारीमा थियाे ,तर अहिले केही समय सङ्क्रमणकाे दर बढेपछि केही क्षेत्रमा निषेधज्ञ जारी गरियाे र निकालिएकाे परीक्षा तालिका सबै स्थगन भयाे ।अाजकाे मितीसम्म परीक्षा हुन्छ वा हुदैन कुनै ठाेस निर्णय जिम्मेवार निकायवाट अाउन सकेकाे छैन। त्यसैले अाज लाखाैबिधार्थीहरू चिन्ताजनक एवम अन्याैल वातावरणमा वाचिरहेका छन ।
याे त मेराे कथा यस्तै ब्यथा अरू बिधार्थीकाे पनि छन उनीहरूकाे भनाइ यस्ता छन ।
हाम्रो कलेजमा नियमित कक्षा फागुनको १७/१८ गतेदेखि औपचारिक बन्द भएको छ। त्यसपछि परिक्षा को गर्दा गर्दै लक डाउन भयो ।केही समय त जाँच हुन्छ होला भनेर पढियो । तर, पछि जाँच हुने केही छाँटकाँट भएन। अब पढ्न पनि मन लाग्दैन , कतै जानु नि छैन । कोठाभित्र बस्यो, मोबाईलमा साथीहरुसँग गेम खेल्यो, दिन काट्यो । साह्रै तनाव भएको छ । ( एक बिधार्थी पाेखरा बाट )
– हाम्रो परीक्षा पनि भएन, आन्तरिक मूल्याङ्कन पनि भएन । न अनलाइन कक्षा छ। अब त पढेको पनि भुल्न थालियो । न घर बाहिर जाउँ भन्नु । न ट्युसन पढुँ भन्नु । साह्रै गाह्रो भएको छ। अब त डिप्रेसन हुन थालिसक्यो। खै के हुन्छ, हाम्रो परीक्षा आन्तरिक मूल्याङ्कन ? दिक्क लागिसक्यो । अब त राति निन्द्रा पनि लाग्न छोडिसक्यो। अहिले त युट्युब हेर्ने, गेम खेल्ने गरेर दिन बितेको छ । (अर्काे बिधार्थी, काठमाण्डौंबाट ,)
–गएको ५/६ महिनादेखि न जाँच भयो । न कक्षा सञ्चालन भैराखेको छ । अरु तहको त के गर्ने, नगर्ने निधो भयो, हाम्रो त बिजोग भएको छ ।पढेको पनि भुल्दै गइयो । न अनलाइन क्लासबाट सपोर्ट छ । अब त जाँच भए पनि फेल भइन्छ होला । पढ्न पनि मनै लाग्दैन । पढुम भने जाँच हुँदैन कि ? भए पनि कहिले हुने हो, पत्तै हुदैन । (छात्रा बिदार्थी , रुपन्देही)
– अब जाँच पनि भएन, पढेको पनि सबै भुलियो जस्तो लाग्न थाल्यो । ५/६ महिना भैसक्यो कलेज छुटेको । आफै मात्र पढेर हुँदैन । न साथीहरुसँग छलफल हुन्छ, न अनलाइन क्लास भन्ने छ।म त परीक्षा दिन्न हो । लक डाउन खुलेपछि ब्युटी पार्लर खोलेर बस्ने विचार छ । (छात्रा बिधार्थी, कपिलवस्तु)
– कोरोनाले त के भयो भयो । हाम्रो पढाइ र भविष्य सबै डामाडोल भयो। परीक्षा हुन्छ कि हुन्न होला । पढेको पनि भुलियो । पढौं भने पनि कति पढ्ने मरिने हो कि बाँच्ने, के हुने हो थाहा छैन ।हाम्रो पनि कलेज नै जाँच लिन्छ कि के हुन्छ, लौन अब त निधो गरिदिए पनि हुन्थ्यो । जे भए पनि टुङ्गो लागे हुन्थ्यो । दिक्क लाग्छ, हाम्रै पालामा यस्तो हुनुपर्ने, सोच्दा सोच्दा तनाव भै सक्यो । (हेटाैडा बाट अर्काे बिधार्थी)
यी त भए केही प्रतिनिधिमूलक उदाहरणहरु हुन् जसले विद्यार्थीहरुको हालको अवस्थालाई उजागर गरेको छ। यसरी विद्यार्थीको सिकाई, मानसिक स्वास्थ्य र उनीहरु ड्रपआउट हुने अवस्थामा समेत शिक्षा मन्त्रालय, बिश्वबिद्धालय र जिम्मेवार निकाय किन मौन बसेका छन्, यो आश्चर्यलाग्दो विषय भएको छ ।
अन्योलपूर्ण अवस्था
विगत ५/६ महिनादेखि उनीहरुको कलेज र बिधालय लिने नियमित सिकाई कक्षाहरु ठप्प भएका छन् । अर्कोतर्फ परीक्षाको तयारीमा रहेका उनीहरुको परीक्षा पनि हुन सकिरहेको छैन ।
अन्य कक्षा तथा तहहरुको जस्तो–बिश्वबिद्धालय का विद्यार्थीहरुलाई लक्षित गरेर विद्यालय र जिम्मेवार निकायहरुले अन लाइन क्लास गरेता पनि , सर्थकता पाउन सकेन र ५/६ महिनादेखि लकडाउन, र हालको स्थितिमा लकडाउन हल्का खुकुलो रहेको परिस्थितिमा उत्तर लाखाै बिधार्थीहरूकाे अन्योलको जीवन, भविष्यप्रति चिन्ताले तनाव ग्रस्त हुँदै घर र कोठाहरुभित्र सीमित हुन बाध्य बनेका छन् ।
युवा अवस्था भनेको अत्यन्तै भावनात्मकरुपमा कमजोर हुने अवस्था हो शारीरीक/मानसिक, संवेगात्मक/सामाजिक विकासका साथै संवेगात्मक रुपमा अनियन्त्रित हुने अवस्था पनि हो।जसका कारणले सानो सानो कुरा र समस्याहरुमा पनि उनीहरु बिचलित हुने हुँदा दैनिक जीवन, स्वास्थ्य र शिक्षामा समेत असर पार्ने हुन्छ।यस्तो संवेदनशील उमेरमा उनीहरु कोठाभित्र बसेर सिकाई उपलब्धी मूल्याङ्कन र भविष्यको अन्योलपूर्ण दिन काटिरहेका छन् ।
हालको यस कोभिड १९ ले निम्त्याएको संकटको परिस्थितिमा विभिन्न तहका विद्यार्थीहरुको स्तर उन्नति विद्यालयहरुले आन्तरिक मूल्याङ्कनका आधारमा गरे भने कोही यस्तो गर्ने तयारीमा छन् । यसै सन्दर्भमा काठमाण्डाै बिश्वबिद्धालयले पनि आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर अन्तिम मूल्याङ्कन भैसकेको छ ।
विभिन्न अन्य विश्व विद्यालयले पनि अनलाइनमार्फत कक्षा चलाउँने र आन्तरिक मूल्याङ्कनलाई अगाडि बढाउन पर्ने अावश्यक देखिएकाे छ भने तर लाखाै बिधार्थीकाे भविष्यप्रति सरकार, शिक्षा मन्त्रालय,बिश्व विद्यालय, राष्ट्रिय परीक्षा बोर्ड लगायतका जिम्मेवार निकाय मौन देखिएका छन् ।
के यी विद्यार्थीहरुप्रति सरोकार वाला निकायको जिम्मेवारी छैन ? के यी विद्यार्थीहरु राष्ट्रका भविष्यका कर्णधार,तथा हकदार हैनन् ? त्यसैले यस विषयमा सरोकारवाला निकायले छिट्टै कुनै पहलकदमी चाल्ने वेला आइसकेको छ ।
यो स्थितिमा युवाहरूले आफ्नो भविष्यप्रति चिन्ता गर्दै विभिन्न अनलाइन साइटहरुमा आफूलाई भुलाउने प्रयत्न गरिरहेका छन्, जसबाट राम्रा कुराहरु मात्र सिकिरहेका छन् भनेर ठोकुवा गर्न सकिन्न । र, अभिभावकहरुले पनि आफ्ना छाेराछाेरीलाइ सम्झाउँदा वा गाली गर्दा उनीहरु झर्को मान्ने, गलत कदम उठाउन कि भनेर डराउने परिस्थितिले अन्योलमा छन् । त्यसैले यस्तो अवस्थाले बिधार्थी जीवन सिकाई, शिक्षा मात्र होइन कि मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पर्न सक्ने देखिन्छ ।
निकास के हो ?
के बिश्वबिद्धालय का विद्यार्थीका लागि कुनै निकास नै नभएको हो त ? फागुनदेखि कक्षा बन्द गर्ने । तर, शुल्क पुरै लिने कलेजहरूले के तयारी गरेका छन् र तिनको जिम्मेवारी कसरी निभाइरहेका छन् ? शिक्षा मन्त्रालय, बिश्वबिद्धालय र राष्ट्रिय परीक्षा बोर्डको योजना के छ ? यस विषयमा विद्यार्थी अभिभावकलाई जानकारी गराइएको छ कि छैन ? विद्यार्थीको सिकाई, स्वास्थ्य र भविष्यप्रति जिम्मेबार निकायको यो गैरजिम्मेवारीपन र खेलवाडले विद्यार्थीहरुको सिकाई, सिकाइप्रतिको रुचि, सम्वेगात्मक तथा मानसिक स्वास्थ्यमा समेत असर पर्न सक्छ ।
त्यसैले यस्तो अवस्थामा छिटोभन्दा छिटो उनीहरुका लागि सरोकार वाला निकायले बैकल्पिक उपाय अपनाएर उनीहरुको सिकाइको मूल्याङ्कन गरी स्तरोन्नति गर्नका लागि पहल गर्नुपर्ने देखिन्छ र यसका केही वैकल्पिक उपायहरु तलका मध्ये कुनै उपयुक्त हुन सक्छन् ।
१. आन्तरिक मूल्याङ्कन र अघिल्लाे वर्ष वा अघिल्लाे सेमेष्टेर काे नतिजालाइ अाधार मान्ने
२. परीक्षालाई सम्बन्धित विद्यालय वा कलेजले स्वास्थ्य र सामाजिक दुरी कायम गर्दै स्पष्ट र निष्पक्ष परीक्षा सञ्चालन गर्ने ।
३. नजिकको वा विद्यार्थीहरुलाई पायक पर्ने विद्यालयहरुमा शिक्षक र विद्यार्थीहरुको स्वास्थ्यप्रति सचेत हुँदै परीक्षा सञ्चालन गर्न सक्ने विद्यालय र कलेजलाई व्यवस्थित तवरले सञ्चालन गर्ने वातावरण मिलाउने ।
४. कोभिड-१९ को असरका आधारमा विभिन्न स्थानहरुमा चरणवद्ध परीक्षा सञ्चालन गर्ने ।
५.अनलाइनबाट परीक्षा सञ्चालन गर्ने ।
यसरी, माथि उल्लेखित तरिकाहरुलगायत अन्य कुनै बैकल्पिक बाटो अपनाएर यो असहज परिस्थितिमा बिश्वबिद्धालय एवम बिधालय का विद्यार्थीहरुको मूल्याङ्कन गर्नुपर्ने देखिन्छ ।
अन्यथा, करिब दस लाख विद्यार्थीहरुको भविष्य अन्योलमा पर्ने देखिन्छ र यसको मूल्य देशले लामो समयसम्म चुकाउनुपर्ने हुन सक्छ । तसर्थ यससँग सरोकारवाला निकायहरुले समयमै सजग भएर बैकल्पिक बाटो अपनाई बिधार्थीकाे सुनाैलाे भविष्य सुनिश्चित गरिदिन अत्यन्त जरुरी देखिन्छ ।
(लेखक : ब्याचलर इन फर्माेसीमा अध्यानरत बिधर्थी हुन् )




