चौतारी हाम्रो ईतिहास हो l चौतारी हाम्रो पहिचान हो l चौतारिका वर (Ficus benghalensis ) पिपल (Ficus religiosa) हाम्रा प्राण हुन। किनभने यिनले अधिकतम अक्सिजन प्रदान गर्छन। जसले जेसुकै भनेपनि बरपिपल जत्तिको अक्सिजन क्षमता अरु बोट बिरुवाको छैन। बरपिपल करिब हजार बर्षसम्म बाच्छ्न। यिनले चरा चुरुङिलाई आश्रय मात्रै नदिई हाम्रो पर्यवरणलाई पनि सन्तुलित राख्न सहयोग गरेका हुन्छन। ठूलो आकारको हिसाबले कार्बनडाईअक्साईड लिने र अक्सिजन दिने क्षमता पनि उच्चनै हुन्छ। एउटा ठूलो वर पिपलले हजारौं प्राणीलाई अक्सिजन पुर्याएको हुन्छ भने साना हजारौं बिरुवाले एक प्राणिलाई पुग्ने अक्सिजन उत्पादन नगर्न पनि सक्छ।
पिपल (Ficus religiosa)
जीवन अबधी: ९००-१५०० बर्ष (कुनै प्रजाती ३००० बर्षसम्म बाचेको)
जयश्री महाबोधी (श्रीलंका ) संसारकै सबभन्दा पुरानो पिपलको रुख हो ( २२५० बर्ष)।
वर (Ficus benghalensis )
जीवन अबधी: २५० बर्ष भन्दा माथी।
सन्सारकै ठूलो र पुरानो बरको रुख: आचार्य जगदीशचन्द्र बोस बोटानिकल गार्डेन, कोलकोत्ता, १४५०० बर्गमिटर (३.५ एकर) क्षेत्रफलमा फैलिएको।
पात भएको अबस्थामा एक सिजनमा एउटा बयस्क बरले बर्षभरिमा १० जना मानिसलाई पुग्ने अक्सिजन दिन्छ।
एउटा १०० फीट आग्लो र १८ इन्च मोटाई भएको बरले बर्षमा ६००० पाउण्ड अक्सिजन उत्पादन गर्छ जबकी त्यही आकारका अन्य बिरुवाले जम्मा २६० पाउण्ड अक्सिजन उत्पादन गर्छ। (१ पाउण्ड =०.४५३ किलोग्राम)
२ वटा बयस्क बिरुवाले ४ जनाको परिवारलाई अक्सिजन पुर्याउछ।
पिपलले दिनको पुरै २४ घण्टा अक्सिजन उत्पादन गर्छ। वर र पिपल हिन्दु र बौद्ध धर्मशास्त्रका अनुसार सर्बगुण सम्पन्न भगवानको बासरहेका पबित्ररुखको रुपमा लिईन्छ। पिपलको रुखलाइ भगवान बिष्णुको घर मानिन्छ भने बरलाई भगवान कृस्णको बासस्थान मानिन्छ। वर पिपल अनि चौतारिको महत्व थोरै लाईनहरुमा बयान गर्न अबस्य सकिदैन। यो भारी बिसाउने भरियादेखी, बृद्ध, एकल, उच्च घरानाका ब्यक्तिहरुको भेटघाट आरम गर्ने थलो देखी माया गर्ने जोडिहरुको भेट हुने सस्तो र स्वस्थकर स्थान हुन्छ। यसको महत्व कति भन्ने कुरा त ती बृद्धहरुलाई सोधौ जो बिरेन्द्र क्याम्पस अगाडिको बरपिपल काटिदा रोएका थिए। अब यस्ता बहुगुणकारि र ऐतिहासिक बर पिपल चौतारी जोगाउनु पर्थ्योकि नाश गर्नुपर्थ्यो? एकपटक गम्भीर भएर सोच्ने बेला आएको छ।
प्रसङ्ग भरतपुर महानगरपालिका र देसका अन्य भगहरुमा सडक बिस्तारको नाममा गरिएको वर पिपल चौतारीको नष्टता। वातवरण शाखा के भन्छ? यससम्बन्धी निकायले के भन्छ? हामी कता जाँदै छौँ ? बरपिपल चौतारी नष्ट गरेर समृद्धि आउदैन। के गर्न सकिन्थ्यो? के गर्नु पर्थ्यो?
१. वर पिपल सहितको चौतारिलाई सोही ठाउँमा सरक्षण गरि राख्न सकिन्थ्यो।
२. सडकको बीचमा परेतापनि यसले डिभाइडर वा राउण्ड अबाउटको काम गर्थ्यो।
३. ठुला क्रेन लागाएर वर पिपललाई स्थानान्तरण गर्न सकिन्थ्यो।
४. सकेभर जोगाउने अभिप्रायले छाँट्काट गर्न सकिन्थ्यो।
५. त्यसको सट्टामा नजिकै अर्को एकजोडी बरपिपल लगाउन सकिथ्यो।
६. बरपिपलको सहर भनेर वातावरणमैत्री सहर विकास गर्न सकिन्थ्यो।
७. हटाउनुपूर्ब बृद्ध, वातावरणबिद, धार्मिक, र सर्बसाधरण ब्यक्तिहरु माझ ब्यापक बहस र छलफल गर्नुपर्थ्यो।
५. चौतारी र बरपिपल संग सम्बन्धिहरुका लागि बैकल्पिक ब्यबस्था गर्नुपर्थ्यो।
६. हाटाउनुपुर्ब र हाटाइसकेपछिको वातावरणिय असरको बारेमा सार्बजानिक जानकारी गराउनु पर्थ्यो।
आज सहरको स्वच्छता र सुन्दरता मासिदैगएको अबस्थमा कसरी वातावरण संरक्षण गर्न सकिन्छ? सदियौ बर्ष पुराना बरपिपलुले दिएको सितलताको बिकल्प के होला? यस नोक्सान र अभावलाई कसरी पुर्ती गर्न सकिन्छ?
यो अपुरणिय क्षति हो, कहिल्यै पुर्ण हुदैन।
अब के गर्ने?
१. जति बरपिपल चौतारी बचेका छन, तिनको संरक्षण गर्ने।
२. नष्ट गरिएको ठाउमा उचित स्थान हेरि तुरुन्तै बरपिपल लगाई चौतरी बनाउने, जुन हाम्रो नाति पनातिको समयलाई काम गर्न सक्छ।
३. चौतारिको बिकल्प दिउँ।
४. विश्वको बारेमा सोचौं तर स्थानीय स्तरमा काम गरौं ।
अहिलेको वायु प्रदुषण यस्तै यस्तै विध्वंसनिय कार्यको उपज हो। बेलैमा सोचौं र सचेत बनौं नत्र हाम्रो अस्तित्वनै धरासायी हुनेछ।
यो लेख भित्रैबाट मन रोएर लेखिएको हो। यस विषयसंग सम्बन्धित भएर लेखकलाई कसैसँग केही लिनुदिनु छैन। म जस्तै वातावरणसंग सम्बन्धितहरुले यसका बहुआयमिक पक्षमा कमेण्ट गर्नुहोला। राम्रो लागे शेयर गरि सम्बन्धीत निकायमा पुर्याईदिनुहोला।
(लेखक : अर्किड कलेज भरतपुरका बायोलोजी शिक्षक हुन् । )




