युवा अवस्था जोश, जाँगर र उर्जाले ओतप्रोत अवस्था हो। नेपालको कुल जनसंख्यामा एक तिहाई भन्दा बढी युवा वर्गको जमात रहेको छ।आज नेपालमा होश, जोश, दिमाग, नैतिकवान्, प्रभावशाली, वैभवशाली, चरित्रवान् भएका युवाहरु प्रशस्त छन् तर मार्ग निर्देशकका कारण देशको आर्थिक अवस्था, औद्योगिक अवस्था र रोजगारीको अवस्था नभएका कारण इन्डिया, जापान, अमेरिका, वेलायत लगायत खाडी मुलुकमा आफ्ना बलिया पाखुरा खियाई रहेका छन् । युवा बाध्यताले रोजगारीको शिलशिलामा अन्तरास्ट्रिय बिमानस्थलमा लामबद्ध हुनुले उर्जावान जनशक्तिको नेपालको बिकासमा शून्य सहभागीता रहेको तितो यथार्थलाई नकार्न सकिन्न। कुनै पनि मुलुक चरम बिकासको उत्कर्षमा पुग्नु त्यस देशलाई प्राप्त श्रम,साधन,पूँजी र प्रविधीबिच उचित अन्तरघुलन र व्यवस्थापन गर्नु हो, जस्को मुख्य जिम्मेवार राज्य वा सरकार रहेको हुन्छ।
सामान्यतया राज्यका हेरक निती नियममा आवद्ध भैइ देश्को हितमा रहि काम गर्ने एक प्रकारको बिशुद्द पेशा नै राजनीति हो । वर्तमान परिप्रेक्ष्यमा राजनीतिको अर्थ व्यापक रहेको पाईन्छ, “राज्यको निति तथा नियममा आधारित रहि, शानस संचालन गर्ने पेशा नै राजनीति हो ।
राजनीतिले देश तथा राज्यका सम्पुर्ण अधिकारहरुलाई नियन्त्रणमा लिई मातहतरुपि अधिकारहरुको सुरुवात गर्ने गर्दछ। राजनीतिले देशका आर्थिक,सामाजिक, शैक्षिक क्रियाकलापहरुलाई मातहतमा लिने गर्दछ । अहिले विश्व जगतमा सम्पुर्ण शक्तिहरुलाई नियन्त्रण लिने काम राजनीतिले गर्ने गर्दछ।
अब पालो युवा बर्गको, दृढ संकल्प, अटोठ आस्था त बिस्वासका साथ राजनीतिमा लाग्ने युवाहरु पनि सम्भावना ठुलै देखिन्छ, आजका युवा भोलिका देशका शासक बन्न सक्छन । सामाजिक गतिविधिलाई यथावत राख्दै युवा बर्गले राजनीतिक गतिविधिलाई विशेष प्राथमिकताका साथ अगाडि लैजानु पर्छ । अहिले युवाहरुको विभिन्न माध्यमहरु छन राजनीतिमा जानको लागी। विभिन्न पार्टिका भातृ संघठनहरु, मजदुर संघ, बिद्यार्थी संघ, कर्मचारी संघ, ब्यापारी संघ लगाएत थुप्रै प्रकारका सम्भावना बोकेका यी संघगठनहरुले पक्कै पनि युवाहरुको राजनीतिमा अगाडी बढाउने कडिका रुपमा रहनेछन । राज्यका हरेक अंग माथी नियन्त्रण गरि शासन संचालन गर्ने काम राजनीतिले निरन्तररुपमा गर्ने गर्दछ ।
हामी युवा वर्गले विश्व राजनितिक उपचलनको प्रभावबाट सजग एवं परिस्कृत हुँदै नेपाललाई अनुकुल सहि र नवीन राजनितीक बिचारधाराको पहिचान र छनौट गर्न उद्द्त हुनै पर्दछ यद्यपि विश्वमै असफल सिद्ध हुँदै गएका पुराना बिचारधाराको प्रयोग नेपालका पुराना राजनितिक ब्रान्डले गर्नेछन अत: नेपालले बदलिदो बिश्व सँग सन्तुलन कायम गर्न सक्दैन। त्यसैले परिस्कृत बिचारसहितको उर्जावान,विद्वान र क्षमतावान युवाहरु नेतृत्व तहमा आउनु अपरिहार्य बनेको छ। पछिल्लो समय युवाबिहिन राजनिती र बिदेश पलायन युवाबाट रित्तिएको मुलुकको आर्थिक-सामाजिक समृद्धिकरणका निम्ति राजनितिमा नेतृत्व सहितको युवाको सहभागिता अति नै आवश्यक छ।
(लेखक : नेपाली कांग्रेसका चर्चित युवा नेता हुनुहुन्छ ।)




