धादिङ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जाेखिम कम गर्न निलकण्ठ नगरपालिका -३ धादिङलाई कोरोना स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएकाे छ । डिप्राेक्स लघुवित्त वित्तीय संस्था लिमिटेड धादिङबेसी शाखाले साे सामग्री प्रदान गरेको हाे । बुधवार साे लघुवित्त वित्तीय संस्थाकाे धादिङबेसी शाखाकी प्रबन्धक संगिता चालिसेले निलकण्ठ नगरपालिका -३ धादिङबेसीका वडाअध्यक्ष हाेमनाथ रिजाललाई उक्त सामग्री हस्तान्तरण गर्नुभएकाे हाे ।
कोरोनाको जोखिमबीच काममा खटिने स्वास्थ्यकर्मी , अन्य व्यक्तित्वलाई लक्षित गरेर क्वारेन्टाइन व्यवस्थापन तथा वडाकै अन्य प्रभावित क्षेत्रमा समेत सहयाेग स्वरुप सुरक्षाका लागि साे स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरिएको शाखाकी प्रबन्धक चालिसेले बताउनु भयाे । याे आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गरेकाे उहाँकाे भनाइ छ । कोरोेना भाइरसको विपत्तको समयमा सबैले आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न पनि उहाँले सबैलाई आग्रह समेत गर्नुभयाे ।
उहाँकाे अनुसार वडालाई २४ हजार ९ सय ९२ रूपैयाँ बराबरकाे ह्यान्ड सेनिटाइजर र सर्जिकल मास्क प्रदान गरिएको हो । साे संस्थाले यसअघि पनि विभिन्न सामाजिक उत्तरदायित्वका कामहरू गर्दै आएकाे छ ।




