नवलपरासी । पूर्बी नवलपरासीमा कोरोना संक्रमणका बिरामी बढन् थाले पछि जिल्लाका बिरामीलाई भरतपुर अस्पतालले समेत भर्ना गर्न आनाकानी गर्न थाले पछि रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई आईसोलेशन कक्षका रुपमा अगाडि बढाईएको छ ।
जिल्लामा रहेको आईसोलेशन कक्ष पर्याप्त नहुँदा र बिरामी बढन् थाले पछि गण्डकी प्रदेश सरकारले नै देबचुली नगरपालिका को रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई अस्थायी कोरोना बिशेष अस्पताल बनाउने निर्णय गरे पछि स्थानीय तहहरुले सहयोग उपलब्ध गराउन थाले पछि आईसोलेशन कक्ष निर्माण देखि बिरामीको उपचार पद्दतीलाई तीब्रता सामुदायिक प्राकृतिक चिकित्सालयका सचिब प्रदिपराज घिमिरेले बताउनुभयो ।
अहिले पूर्बी नवलपरासीको जिल्ला अस्पताल डण्डामा चार बेड,दुम्कौलीमा दुई र पितौंजीमा दुई बेड आईसोलेशन कक्ष रहेकोमा सो पर्याप्त नहुने भए पछि जिल्ला मा रहेको कोभिड १९ सक्रमण ब्यबसथापन समितिकोे सिफारीशमा सामुदायिक प्राकृतिक चिकित्सालय रजहरमा चार सय बेड क्षमताको आईसोलेशन कक्ष स्थापना गर्ने गरि प्रदेश स्वास्थ्य निर्देशनालयले समेत अनुगमन गरि अगाडि बढाउने निर्णय गरेको प्रमुख जिलला अधिकारी पिताम्बर घिमिरेले बताउनुभयो ।
आईसोलेशन कक्ष निर्माण देखि सबै जिम्मेवारी स्थानीय तहले लिने प्रतिबद्धता जनाए पछि तत्काल जिल्ला समन्बय समितिले रु ४० लाख ,आठ वटा पालिाकले रु २० लाख र सम्पूर्ण स्वास्थ्य सामाग्री जिल्ला अस्पतालले उपलब्ध गराउने गरि उपचारमा कुनै पनि किसिमकोे कमी हुन नदिईने निर्णय भएको जिल्ला समन्बय समितिका प्रमुख चेसराम आले मगरले बताउनुभयो ।
देबचुली नगरपालिका वडा नं १६ मा रहेको सामुदायिक प्राकृतिक चिकितसालयलाई कोभिड १९ अस्थायी अस्पताल बनाउने निर्णय भए पछि हाल अस्पतालको आईसोलेशनमा २५ कोरोना भाईरसका संक्रमित बिरामी भर्ना भै उपचारमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय ब्यबस्थापन समितिका सचिब घिमिरेले बताउनुभयो ।
सामुदायिक चिकितसालयलाई कोरोना अस्थायी अस्पताल बनाईए पछि अहिले यहाँ अन्य बिरामी आउन बन्द भएका छन् भने सबै पालिका र जिल्ला समन्बय समितिले सहयोग गर्ने गरि तत्काल रकम उपलब्ध गराउने निर्णय भए पछि अस्थायी कोरोना अस्पतालमा आईसोलेशनमा रहने संक्रमितको उपचारमा अब सजिलो हुने चिकित्सालयका ब्यबस्थापक हरि सापकोटाले बताउनुभयो ।
चिकित्सालयले कोराना बिरामी का लागि अस्पताल नै उपलब्ध गराए पछि त्यहाँ आउने कोरोनाका बिरामीका लागी सहयोग जुटाउने उद्देश्यले कृषि बिकास बैंक रजहर शाखामा कोभिड १९ अस्थायी अस्पताल को खाता संचालन गरेर स्वदेश र बिदेशमा रहनु हुने सबै दाजुभाई तथा दिदी बहिनहिरुलाई सहयोग जुटाउन अपील गरेको सचिब घिमिरेले जानकारी दिनुभयो ।
कोरोना अस्पतालको आईसोलेशनमा उपचार गर्ने बिरामी लाई सहयोग जुटाउने उद्देश्यले ०४१५१००६३०६०००३० नम्बरको कृषि बिकास बैक रजहर शाखाको खातामा सहयोग उपलब्ध गराईदिन चिकित्सालयले सबैलाई आग्रह गरेको बयबस्थापक सापकोटाले बताउनुभयो । ्
कोेरोना अस्पतालको आईसोलेशनमा रहेका बिरामीहरुको उपचार का लागि जिलला समनबय समिति र पालिका हरु, जिल्ला अस्पताल ले कुनै कसर बाँकी नराख्ने निर्णय भएको चिकित्सलयका ब्यबस्थापक हरि सापकोटाले बताउनुभयो । अब अभाब हुने भेन्टीलेटर ,को ब्यबस्था हुन सके बिरामीलाई सहज हुने भएकाले सहयोग कतैबाट आएमा सहजता आउने डा. बिनोद पौडेलले बताउनुभयो ।हाल जिल्लामा एक वटा पनि भेन्टीलेटर नभएको पाईएको छ ।




