चितवन । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको संक्रमण तापक्रम बढ्दा अर्थात् मौसम गर्मी हुँदा घट्छ भन्ने मान्यता गलत साबित भएको बताएको छ । डब्लूएचओका आपातकालीन कार्यक्रमका प्रमुख डा। माइक रायनले मौसम परिवर्तन वा तापक्रम बढ्दैमा कोरोना भाइरसको संक्रमण कम हुने कुनै सम्भावना नदेखिएको बताएका हुन् ।
कोरोना महामारीको सुरुवातीमा केही अनुसन्धानकर्ताले मौसम गर्मी भएपछि कोरोना संक्रमण पनि कम हुन्छ भन्ने ठानेका थिए। तर कोरोना संक्रमण जुन गतिमा फैलिरहेको छ, त्यसले यो मान्यता पनि गलत साबित गरेको उनको भनाइ छ।
Advertisement
उनले भनेका छन्, ‘यस्तो तथ्य पनि पाइएको छैन कि मौसम बदलिँदा यो भाइरस अझ खतरनाक भएर फैलिन्छ भन्ने।’ यसको अर्थ कोरोनालाई गर्मी वा जाडो मौसमले खासै फरक पार्दैन। गति उस्तै रहन्छ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




