चितवन । भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले आफ्ना सम्पुर्ण सेवाहरू पुर्ण रूपमा सञ्चालनमा रहेकाे जनाएकाे छ ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण बीच विभिन्न जिल्लामा अस्पताल सिल तथा सेवा समेत बन्द भएका समाचार बाहिर आईरहेका वेला मेडिकल कलेजले आफ्ना सम्पुर्ण सेवाहरू पुर्ण रूपमा सञ्चालनमा रहेकाे जनाएकाे हाे ।
Advertisement
मेडिकल कलेजले निःशुल्क प्रसूति (डेलीभरी) सेवाका साथै मुटुरोगको उपचारमा १ लाखसम्म निःशुल्क रहेकाे बताएकाे छ । काेराेना कहरका बीच सुरक्षित रूपमा सेवा दिने प्रतिवद्वता व्यक्त गरेकाे छ । दुई दशक भन्दा लामाे समय देखि सेवा दिदै आएकाे पुरानो मेडिकल कलेजले विभिन्न सामाजिक उत्तरदायित्वका कामहरू समेत गर्दै आएकाे छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




