निर्देशक मन्दिप रानाको तेस्रो फिल्म “क्या बात छ” को नयाँ शिर्ष गीत सार्वजनिक भएको छ। सार्वजनिक गितमा बिजय कुमार र राजनी रिदम राइको स्वर, देशभक्त सिंह कुँवरको संगीत एबम नबिन घतानेको शब्द रहेको छ।
गीतमा चर्चित लोक गायिका तुलशा क्षेत्री र नबिन घतानेको अभिनय देख्न पाईन्छ। श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुती रहेको यस फिल्ममा कोरीयोग्राफि र निर्देशन मन्दिप रानाको छ। यसैगरी मेकअप मोहन लामा, छायान्कन राहुल राइ र सम्पादन नेत्र गुरुङ र अशोक आलेको रहेको छ।
Advertisement
चलचित्रका अन्य कलाकारहरुमा देशभक्त सिंह कुँवर, बिजय कुमार, अबिराज बि.सि., अर्जुन गिरि, गीत सुनार, रोशनि सुनैना, सुस्मिता परियार आदिको रहेको छ। भिडियो श्याम शुक्ला इन्टर्टेमेन्टको युटुब च्यानलबाट सार्वजनिक भएको छ। फिल्मको रिलिज डेट तोकिएको छैन ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




