काठमाडौं । नेपाल चलचित्र कलाकार संघको सक्रियतामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कोरोनाभाइरस (कोभिड–१९) को कारण लामो समय लकडाउनको भएको कारण रक्तबैंकमा रगतको अभाव भई बिरामीहरुलाई समस्या परेको हुँदा नेपाल रेडक्रस सोसाईटी बानेश्वर उपशाखा, नेपाल चलचित्र कलाकार संघ, गंगादेवी चुचोल टोलसुधार समिति शंखमुल तथा नेपाल चलचित्र नृत्य संघको संयुक्त रूपमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा ८१ पिन्ट रगत संकलन भएको छ।
कार्यक्रममा नेपाल चलचित्र कलाकार संघको तर्फबाट अध्यक्ष रबिन्द्र खडका, उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला, महासचिव चेतबहादुर सिंह”राजा” , कोषाध्यक्ष सुनिल कटुवाल, रामेश्वर वुर्लाकोटी, गोपाल ढकाल ‘छन्दे’, भगवती खड्का लगायत कलाकारहरुको उत्साहजनक सहभागीता रहेको थियो।
यो विषम परिस्थितीमा तपाईं हाम्रो एक पाउण्ड रगतले कसैको जीवन बाँच्न सक्छ भने मानव जीवन रक्षार्थ पनि हामीले पहल गर्नेपर्छ भन्ने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको आयोजक मध्येको एक संस्था नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले जानकारी गराए।




