काठमाण्डौं । जिभीसी (ग्लोबल भिलेज कनेक्सन) नेपालका कन्ट्री अध्यक्ष काजीमान आत्रेयको आयोजनामा सिद्धार्थ कटेज तीनकुनेमाशाखा कार्यालय विस्तारका लागि पहिलो चरणको अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा नेपालमा जिभीसी (ग्लोबलभिलेज कनेक्सन) को छाताभित्र रहेर काम गर्नका लागि विभिन्न सङ्घ संस्थामा आवद्ध भई सामाजिक कार्यलाई अगाडी बढाइरहनुभएका सामाजिक अभियन्ता ,व्यवसायी ,पत्रकार ,प्रशिक्षक ,स्वास्थ्यकर्मी ,कृषिविद् ,वित्तीय प्रमुख,एनजिओ एक्टिभिस्ट एवं बुद्धिजीवी वर्गको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमा सबैले आ—आफ्नो मन्तव्यहरू राखेका थिए । “राम्राे नेपाल राम्रो विश्व” को मूल नारालिएर अगाडी बढेको जिभीसी कार्यक्रममा बोल्दै जिभीसीका कन्ट्री अध्यक्ष उध्योगी व्यवसायी तथा सामाजिक अभियन्ता काजीमान आत्रेयले विश्वभर शाखा कार्यालय बिस्तार गर्दै अगाडी बढ्न लागिरहेको जिभीसीको छाताभित्र आबद्ध भई विभिन्न सामाजिक गतिविधीहरुलाई अगाडी बढाउन आग्रह गरे । जलवायु परिवर्तन जस्ता विश्वव्यापी चुनौतीहरूलाई पारगर्न जिभीसी को माध्यमबाटआफूमा भएको सामर्थ्य र ज्ञानलाई साझेदारी गर्दै सुन्दर नेपाल बनाउन यो संस्था नेपालमा भित्र्याउन लागेको बताए ।
यसका साथै मेघा हस्पिटलका प्रबन्ध निर्देशक किशोर जङ्ग राणाले संस्थासँग साझेदारी गरी आफ्नो स्वास्थ्य सेवालाई अगाडी बढाउने प्रतिबद्धता व्यक्तगरे । जिभीसीमा आबद्ध भएका सामाजिक अभियन्ता तथा सदस्यहरूलाई अस्पतालको तर्फबाट विशेष छुट दिने घोषणा समेत गरेकाछन् । त्यसैगरी वरिष्ठ राजनीतिज्ञ तथा सामाजिक अभियन्ता विष्णु धितालले जलवायु परिवर्तनको कारण सम्पूर्ण विश्वमा पर्न सक्नेसम्भावित जोखिम र त्यसको न्यूनीकरणको लागि जिभीसीको छाताभित्र आबद्ध रहेर अगाडि बढ्न सबैलाई अनुरोध गरेका छन् ।
बहुउद्देश्यीय कार्यक्रम लिएर अगाडी बढिरहेको जिभीसीको कार्यक्रमलाई सहजीकरण गर्न संस्थाका अध्यक्ष काजीमान आत्रेयको सक्रियतामा नेपालमा पनि केन्द्रीय समिति गठन गरिएको छ ।
जस अन्तर्गत कन्ट्री अध्यक्ष काजीमान आत्रेय, वरिष्ठ उपाध्यक्ष विष्णुधिताल, उपाध्यक्ष दिनदयाल रिजाल , सचिव एवं प्रशासन विभागमा दीपशिखा शर्मा, कोषाध्यक्ष अनिता बस्नेत, सह कोषाध्यक्ष सिर्जु दाहाल , किशोर जङ्ग राणा (उपाध्यक्ष स्वास्थ्य विभाग ), बिना श्रेष्ठ (उपाध्यक्ष मिडिया तथा सञ्चार), शरद शर्मा (उपाध्यक्ष फोहर मैला व्यवस्थापन), रविन काजी पलान्चोके (सल्लाहकार), ध्रुव थापा ( सल्लाहकार) लगायत २८ जनाको केन्द्रीय समिति गठन गरिएको छ ।




