कोरोना भाइरसको महामारीबीच पनि निर्माताहरु फिल्म निर्माणमा जुट्न थालेका छन्। यसका लागि अभिनेता तथा अभिनेत्रीलाई साइन गर्न सुरु गरेका छन्।
यसैबीच अभिनेता पुष्प खड्का र अभिनेत्री दीपिका प्रसाईले ‘कृष्ण लीला’ फिल्ममा साइन गरेका छन्। निर्माता रत्न श्रेष्ठ यो फिल्म निर्माण गर्न लागेका हुन्।
Advertisement
यस फिल्मलाई ‘पण्डित बाजेको लौरी’ फेम्ड निर्देशक दीपक ओलीले निर्देशन गर्ने भएका छन्। फिल्मको कथा, पटकथा तथा संवादमा काम भने सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीले गरिरहेका छन्।
पुष्प र दीपिकासँगै फिल्ममा बुद्धि तामाङ, रविन्द्र झालगायत कलाकारहरुको भूमिका देख्न सकिनेछ। फिल्ममा लभर ब्वाईमा देखिन लागेका पुष्पले आफूले लकडाउनमा चार–पाँच वटा स्क्रिप्ट पढेको र सबैभन्दा मन परेको फिल्म ‘कृष्ण लीला’ भएको बताएका छन्।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




