सन्तोष केसीको नयाँ आधुनिक गीत ‘एक चोटी भेटेर’ युटुबमा मार्फत सार्वजनिक भएको छ। नेपाली सुगम संगीत र लोकदोहोरी क्षेत्रमा रचना संगीत र गायकको रुपमा अब्बल ठहरिएका केसी म्युजिक कम्पनीका मालिक पनि हुन् ।
सन्तोष केसीको सुमधुर संगीत रहेको गीतमा पुजा भट्टले शब्द रचना गरेकी हुन् भने गीतमा प्रमोद खरेलको स्वरमा रहेको छ । अहिले गीतले निकै चर्चा बटुल्न सफल भएको छ।
Advertisement
गीतको भिडियोमा बिक्रम बुढाथोकी र पुजा भट्टको अभिनय रहेको छ । भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् सम्पादन बिष्नु शर्माले गरेका हुन । मारुनी स्टुडियोमा रेकर्ड भएको गीतको संगीत संयोजन कमल सौरागले गरेका हुन् कुमार रानाले गीतको मिक्सिंग मास्टरिङ गरेका हुन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




