चितवन। चितवनस्थित भरतपुर अस्पतालमा दसैँमा समेत इमर्जेन्सी तथा भर्ना (अन्तरंग) सेवा सुचारु रहने भएको छ । अस्पतालले सोमबार एक सूचना जारी गर्दै अस्पतालको इमर्जेन्सी तथा अन्तरंग सेवा २४ सै घण्टा अहिलेकै सेवा सहित चालु रहने जनाएको छ ।
अस्पतालले दसैँको पाँच दिन ओपीडी (बहिरंग) सेवा भने बन्द रहने जनाएको छ । कात्तिक ७ गते शुक्रवार फुलपातीको दिनदेखि कात्तिक ११ गते मंगलवार एकादशीको दिनसम्म ओपीडी सेवा बन्द रहने अस्पतालले जनाएको छ ।
Advertisement
भरतपुर अस्पताल जिल्लाकै सबैभन्दा ठुलो सरकारी अस्पताल हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




