चितवन। देशका विभिन्न ठाउँमा रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पुरा गर्न चित्रवन बचतमा रक्तदान गरिएको छ ।
चित्रवन बचत तथा ऋण सहकारीले २४ औंँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
सन्तबहादुर गुरूङको अध्यक्षता तथा भरतपुर–७ का वडाअध्यक्ष राजेन्द्रमणि काफ्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ५० जना पुरुष र ११ जना महिलासहित ६१ जनाले रक्तदान गरेका थिए ।
महामारीको समयमा भौतिक दूरी कायम गरी रक्तदान कार्यक्रममा नेफ्स्कूनका लेखा संयोजक नवराज सापकोटा, चितवन जिल्ला बचत संघका सचिव रामराज पौडेल, ने.रे.सो. चितवनका मन्त्री हरि पौडेल, ने.रे.सो.कृष्णपुर उपसाखा लगायत विभिन्न संस्थाका प्रतिनिधिहरुको समेत उपस्थित रहेको थियो । उपाध्यक्ष अनिलराज पौडेलको संयोजकत्वमा कार्यक्रम भएको थियो । यस संस्थाले स्थापनादेखि नै विभिन्न सेवामुलक कार्यक्रम पनि गर्दै आएको छ ।




