योङ स्टार सिनेमा र निर्भाना फिल्म स्कुलले संयुक्त रुपमा निर्माण हुन गइरहेको नेपाली चलचित्र “ग्रीन बर्ड” यतिखेर चितवनमा धमाधम कार्यशाला चलिरहेको छ ।

चलचित्रमा सुरक्षा पन्त , कमलमणि नेपाल र अफ्रान अलीको मुख्य भूमिका रहनेछ। मुम्बईमा फिल्म अध्ययन गरेर नेपाल आएका प्रमोद कंडेलको लेखक तथा निर्देशनमा बन्न लागेको चलचित्रले जुन युवतीको आफ्नो परिवार र विश्वबाट बाहिर गएर जिउन खोज्न चाहन्छ त्यो उसको स्वतन्त्र हुनु उसको आफ्नो निजी जीवन र संघर्षमा जोडिएको विशुद्ध पारिवारिक कथामा आधारित रहेको छ ।

मेथड एक्टिङलाई चित्रण गर्नकै लागि सबै कलाकारलाई सुटिङ हुने घरमै राख्दै कार्यशाला चलिरहेको चलचित्र “ग्रीन बर्ड” भदौ २५ गतेबाट सुटिङ फ्लोरमा जाने र चलचित्रको छायांकन चितवन र नवलपुर हुने प्रोडक्सन डिजाइन तथा क्रिएटिभ डाइरेक्टर निगम श्रेष्ठले जानकारी दिए । डेब्यु निर्देशक प्रमोद कंडेलकै कथा, अजय खड्काको सम्पादन र कात्तिक कर्नाटकले खिच्ने फिल्ममा मेथड एक्टिङको प्रक्रियालाई आत्मसात गरिने भएको छ ।




