ऋषिराज आचार्यको निर्देशनमा बनेको चलचित्र ‘चुरीफुरी’ पौष ९ गतेबाट रिलिज हुने भएको छ ।
यो चलचित्र ऋषिराज आचार्यको निर्देशनमा बनेको छ । कोरोनाका कारण थिलोथिलो भएको चलचित्र क्षेत्रलाई अगाडि बढाउन सबै जना मिलेर अगाडि बढ्नुपर्ने उनले बताए । दाङमा आयोजना भएको कार्यक्रममाउनले कोरोनाका कारण दिक्क भएका दर्शकलाई यो चलचित्रले फ्रेस बनाउने बताएका छन् ।
Advertisement
यस चलचित्रमा अभिषेक श्रेष्ठ, रविन्द्र झा, सुबोध गौतम, राजिब जङ्ग बस्नेत, शिशिर भण्डारी, पवन खतिवडा, पुजा पन्त, सोना बज्रचार्य लगायतको मुख्य भूमिका रहेको बताइएको छ । यो चलचित्रमा दिपक शर्माको संगीत तथा राहुले राइको छायांकन रहेको छ । चलचित्रलाई नविन निरौलाको सम्पादन गरेका छन्।निर्देशक आचार्य र रिना ढकाल निर्माता रहेका छन् । यस्तै विमला भुसाल, राजेन्द्र खाती, शिव थापा सह–निर्माताको रुपमा छन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




