शिवहरी पौडेलको डेब्यू निर्देशित चलचित्र ‘लक्का जवान’ ले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । कोरोना महामारीका कारण २०७६ चैत २१ गते प्रदर्शन हुन नपाएको चलचित्रलाई अब आउँदो वर्षको बैशाख २३ गते प्रदर्शन गरिने भएको छ । चलचित्रलाई देशभर एफडि कम्पनीले वितरण गर्नेछ ।
चलचित्रमा प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा लगायतको अभिनय छ ।
Advertisement
यो चलचित्रमा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी र पुरुषोत्तम प्रधानको छायांकन छ । अन्सुया श्रेष्ठको लगानी रहेको चलचित्रमा किरण केसी, शिवहरि पौडेल, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँको लगानी छ । मित्र डी गुरुङको सम्पादन रहेको यो चलचित्रलाई कमेडी धारमा निर्माण गरिएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




