थ्रिलर विधामा रहेको फिल्म ‘चपली हाइट ३’ लाई सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएको छ। केन्द्रीय चलचित्र जाँच समितिले उक्त फिल्मलाई १६ मुनिका दर्शकले अभिभावकको साथमा हेर्न पाउने नियमसहित पीजी सर्टिफिकेट दिएको हो।
चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारको अभिनय रहेको छ ।
Advertisement
अर्जुन कुमारको निर्माण रहेको चलचित्रलाई निकेश खड्काको निर्देशन गरेका हुने । क्राइम थ्रिलर जनराको चलचित्रको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन र दिर्घ खड्काको सम्पादन रहेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




