गायिका अन्जु पन्तको स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ। इजरायलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक, गीतकार तथा संगीतकार राज लिम्बुको यस गीतमा शब्द र संगीत रहेको छ ।
प्रेम सम्बन्धमा आउने उतारचढाव, अविश्वास र पिडालाई समेटेर तयार पारिएको यस गीतलाई दिपक राज विश्वकर्माले संगीत संयोजन गरेका हुन् ।वियोगान्त प्रेम कथालाई समेटेर तयार पारिएको यस गीतको म्युजिक भिडिओमा निता क्षेत्री, टेकेन्द्र कार्की र बिष्णु कट्टेलबीचको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ।
Advertisement
इजरायलमा छायांकन गरिएको यस भिडिओलाई सन्तोष माबो (माबो क्रिएशन) को छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो । गायक लिम्बुको आधिकारिक च्यानल ‘राज लिम्बु’मार्फत भिडियो सार्वजनिक गरिएको हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




