नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको अभिनय रहेको ‘धर्ती आकाश’ गीतको भिडियो बजारमा आएको छ । गीतकार तथा संगीतकार अर्जुन पोखरेलले तयार पारेको गीतको भिडियोले प्रशंसा बटुलिरहेको छ ।
गीतले नेपालको युटुब ट्रेन्डिङको नम्बर १ स्थान ओगट्न सफल भएको छ । गीतमा गायिका दुर्गा खरेल र गायक रोशन अधिकारीले स्वर दिएका छन् । अर्जुनले यो गीतलाई एक जोडीको मिलन, प्रेम र विछोडको कथामा लेखेका छन् ।
Advertisement
विधान कार्कीले निर्देशन गरेका भिडियोलाई उत्सव दाहालकोले छायांकन र विकास दाहालले सम्पादन गरेका हुन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




