चितवन । युवा गायक तथा संगीतकार जिवी सुनारको तीज गीत ‘छाती चर्किन्छ’ बजारमा आएको छ ।
जिवीको आफ्नै लय तथा शब्द संकलनमा तयार भएको गीतमा आवाजमा भने सिनर्जी राइजिङ स्टार अनामिका मल्ल, विनोद गजमेर र करण विकले साथ दिएका छन् ।
Advertisement
माइती र चेलीबीचको विषयवस्तुलाई संवादको रुपमा गीतमार्फत दर्शक स्रोता समक्ष पस्किने प्रयास गरिएको गायक तथा संगीतकार सुनार बताउँछन् । गीतको संगीत संयोजन भने महेशबिक्रम पाण्डेले गरेका हुन् । जिवी सुनार आफैँले निर्देशन गरेको गीतको भिडियोमा भने लक्ष्मी थापा, शंकर खड्का, अम्बिका पाठक, शितल खड्कालगायतका कलाकारलाई अभिनयमा देख्न सकिन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




