नेपाली चलचित्र उधोगका एउटा ऐतिहासिक हस्तीको रूपमा आफूलाई स्थापित गर्न सफल नेपाल चलचित्र कलाकार संघका महासचिव, गुञ्जन एण्ड कुसुम फिल्मस् प्रा.लिका अध्यक्ष, चर्चित कलाकार तथा निर्माता समाजसेवी लायन चेतबहाुदुर सिंह ‘राजा’ले आफ्नो जन्मदिन विभिन्न बृद्धाबृद्धा र बालबालिकाको आश्रममा गएर मनाएका छन ।
कोरोना कहरबीच जन्मदिनहरुमा गरिने फजुल खर्चलाई कम गरी उनीहरुलाई केही राहत पुगोस भन्ने उद्धेश्यले आश्रममा गएर राजाले खाना खुवाएका हुन् । सो अवसरमा प्रतिक्रिया दिदै राजाले बालबालिका र बृद्धबृद्धासंँग आफ्नो जन्मदिन मनाउन पाउंँदा आफूलाई आनन्द र सन्तोष मिलेको बताए ।‘ उनीहरुलाई पनि केही राहत हुन्छ, संँगै बसेर खुवाउंँदा खुशी र आनन्द पनि हुन्छ राजाले भने, समाजमा सकारात्मक सन्देश पनि जानेछ ।’
अब हरेक नागरिकले पार्टी भोज तथा अन्य कार्यक्रम गरी जन्मदिन मनाउंँनु भन्दा परोपकार र सामाजिक काममा समय र पैसा खर्च गर्नुपर्ने उनको भनाई थियो । विगतका बर्षहरुमा पनि राजाले आफ्नो जन्मदिनमा विभिन्न ठाउंँका बालबालिका तथा बृद्धाआश्रमहरुमा सहयोग गर्दै आएका थिए ।




