नेपाल चलचित्र कलाकार संघका महासचिव, चर्चित कलाकार तथा निर्माता चेतबहादुर सिंह “राजा” एक बिशेष कार्यक्रमको लागि चितवन आउँदै हुनुहुन्छ । चितवन खबरलाई दिएको जानकारी अनुसार उहाँ फिल्म सम्बन्धीत कार्यक्रमको लागि चितवन आउन लागेको बताए ।
महासचिव सिंह विगत लामो समयदेखि नेपाली कलाकारिता क्षेत्र र कलाकारहरुको हकहितको पक्षमा सक्रिय रुपमा निरन्तर लाग्दै आउनु भएको छ । उहाँले चलचित्र निर्माण संँगै २ दर्जनभन्दा बढी नेपाली चलचित्र अभिनय गर्नुभएको छ ।
Advertisement
उहाँले विभिन्न सामाजिक संघ/संस्था मार्फत विभिन्न बृद्धाश्रम , अनाथलय, अस्पताल र विद्यालहरुमा सेवा र सहयोग गर्दै आउनुभएको छ । उहाँ चलचित्र सीपमुलक तथा व्यतित्वका विकासका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका सम्मेलनमा समेत सहभागिता जनाईसक्नु भएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




