प्राकृतिक र कृतिम दुबै तरिकाबाट सौन्दर्यतामा निखार ल्याउने, बिभिन्न प्रबिधिको उपयोग गर्दै कार्य गर्ने सक्षम जनशक्तिको युनियन राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको आजैको दिनमा १५ औं स्थापना दिबस परेको छ।
अन्तराष्ट्रिय स्तरमा नै सौन्दर्यपेशालाई अंगालेर अब यो क्षेत्रमा नेपालमा नै इतिहास कोर्नुपर्छ भनेर आफ्नै देशमा आउनुभएको बरिष्ट सौन्दर्यबिद् मिना गुरूङ र नेपाल ट्रेड युनियन महासंघको सहकार्यमा तत्कालिन अध्यक्ष मुकुन्द न्यौपाने उपाध्यक्ष बिष्णु रिमाल महासचिव बिनोद श्रेष्ठको बिशेष पहलकदमीबाट श्रम बिभागमा दर्ता गरी यो युनियनको बिधिबत स्थापना गरिएको हो।
यो युनियनको प्रमुख उद्देश्य देशैभरी छरिएर रहेका सौन्दर्यकर्मीहरूलाई एउटै छानामुनि संगठित गरी पेशालाई मर्यादित र सम्मानित बनाउनु थियो जुन हामीले प्राप्त गरिसकेका छौ।अहिले यो पेशा सम्मानित र मर्यादित छ।
यो क्षेत्रलाई प्राविधिक मानेर सिटिईभिटी मार्फत छोटो अबधिको तालिम संचालन गराउन सरकारलाई बाध्य पार्ने कार्य गरेका थियौ।
त्यसैगरी एकेडेमिक लेबलमा सौन्दर्य शिक्षालाई अध्ययनका बिषय बनाईनुपर्दछ भन्ने हाम्रो आवाज थियो जुन आज साकार भएको छ र उच्चमाबि मा पढाई शुरू नै भैसकेको अवस्था छ र ब्याचलर लेबलमा अन्तराष्ट्रिय स्तरमै पहिलो गन्डकी बिश्वबिद्दालयले ८ सेमेस्टरको Beauty and cosmetology बिषयमा पाठ्यक्रम बिकास गरिसकेको छ। यस्ता थुप्रै उपलब्धिहरू हामीले संगठन मार्फत संस्थागत गर्न सफल भएका छौ।
अबको हाम्रो चुनौती यस क्षेत्रको नयाँ नयां प्रबिधिको खोज (Research ) हो, पेशागत स्वास्थ्य सुरक्षाको हो। केमिकलको प्रयोग घटाउदै आर्युबेदिक सौन्दर्यसामग्रीको हो। केमिकलबाट ब्यक्तिको स्वास्थ्य र पृथ्बीको पर्यावरणमा हुने असरबारे जनचेतनाको हो।
श्रमजिबी बर्गको सम्मानित, समृद्ध र श्रृजनशिल जिबनको साथसाथै दक्ष श्रमिक उत्पादनमा जोडदिदै सिपलाई शिक्षासँग र शिक्षालाई श्रमसंग जोड्दै आगामी यात्रा पुरा हुनेछ भन्ने शुभकामनासहित फेरीपनि १५ औ स्थापना दिबसको शुभकामना शुभकामना शुभकामना ब्यक्त गर्दछु।
सुजना जोशी
(केन्द्रीय महासचिव)
तथा
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल परिवार




