सर्लाही । मध्य गर्मी बढेसँगै तराईका जिल्लाहरूमा सर्पदंशका बिरामीको संख्या बढेको छ । गर्मी समयमा सर्प सितल ताप्न बाहिर निस्कने र मानिसलाई डस्ने गर्दा सर्पदंशका बिरामीहरु बढेका छन् ।
मध्य गर्मी बढेसँगै तराईका जिल्लाहरूमा सर्पदंशका बिरामीको संख्या बढेको छ । गर्मी समयमा सर्प सितल ताप्न बाहिर निस्कने र मानिसलाई डस्ने गर्दा सर्पदंशका बिरामीहरु बढेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामीको चाप बढेको छ । केन्द्रमा अहिले दैनिक ३÷४ जनासम्म सर्पले डसेका बिरामीहरु उपचारका लागि आऊने गरेका सर्पदंश उपचार केन्द्र नवलपुरले जनाएको छ ।
असार शुरु भएसँगै पानी पर्न थालेपछि सर्पदंशका घटना बढ्न थालेका छन् । असारमा ११ गते भित्र मात्र पुरुष १७, महिला १९ र बच्चा ३ गरि जम्मा ३९ जना सर्पदंशका बिरामी उपचार लिन आएका छन ।
वर्षा र बढी गर्मीका कारण पनि सर्प दुलोबाट बाहिर निस्कने भएकाले आवश्यक सतर्कता अपनाउन नवलपुर सर्प दंश उपचार केन्द्रको सबैमा आग्रह छ ।
विसं २०७० देखि यस केन्द्रले हालसम्म पुरुष ३०७१, महिला ३३४५ र बच्चा १३९२ गरि जम्मा ७८०८ जनालाई उपचार दिएको छ । यस वर्षको वैशाखदेखि हालसम्म जम्मा १८० जनाले सेवा लिन आएको छ ।
मिति २०६७ जेष्ठ २९ गनेका दिन साविक नेत्रगञ्ज गा।वि।स। वडा नं ७ स्थित नन्देश्वर महादेव सामुदायिक वन उपभोक्ता समूह र नन्देश्वर महिला बचत तथा ऋण सहकारी संस्था लि एवं अर्जुन वाणं गणका प्रमुखको अग्रसरतामा सार्वजनिक बैठक बसि, यस अघि ९नेपाली सेना अर्जुन वाण गणमा गरिदै आएको सर्पदंश सम्बन्धि प्राथमिक उपचारलाई स्थायित्व दिन एक सर्पदंश उपचार केन्द्र खोल्नु पर्ने प्रेरणादायी सुझावको प्रस्तावलाई स्वीकार गरी पहलको लागि सामुदायिक भेला बोलाउने निर्णय भए बमोजिम मिति २०६७र०३र१० गते सार्वजानिक भेला बोलाई उक्त भेलाले सर्पदंश उपचार केन्द्र निर्माण का लागि २०६७ श्रावण २ गते देखि १३ गते सम्म शिवपुराण महायज्ञको आयोजना गरी सकालत रकमबाट यस केन्द्रको भवन निर्माण गरी सेवा संचालन भएको केन्द्रमा सर्पदंश उपचार कार्यलाई प्रभावकारी, सरल र सहज बनाउने हेतुले आई सी यू तथा भेन्टिलेटर जडानको लागि प्रदेश सरकार प्रदेश नं। २ सामाजिक विकास मन्त्रालयमा समितिको मिति २०७५र१२र३० को वैठकको निर्णयबाट पहल हुँदा भेन्टिलेटर १ थान सहित आवश्यक सामग्रीहरु खरिद गरी २०७६ जेष्ठ २ गते जडान गर्ने कार्य भएको थियो र हाल आर्थिक समस्य तथा आई सी यू तथा भेन्टिलेटर चलाउन सक्ने दक्ष प्राविधिक जनशक्तिका कारण बन्द रहेको छ । यस नवलपुर सर्लाहीले २०७० साल देखि निरन्तर सर्पदश सम्बन्धी सेवा दिदै आएको र हाल दुई जना मेडिमल अधिकृत, दुई जना एच।ए, दुई जना सि।एम।ए र अन्य स्टापहरु गरि जम्मा ९ जना स्टाप र दुई जना नेपाल सेना रहेको हुदा यस संस्थाको आयश्रोतले मासिक तलब भत्ता, औषधी उपकरणहरु खरिद तथा अन्य विभिन्न कार्य गर्न समेत कठिनाई भइरहेको सर्पदंश उपचार केन्द्र नवलपुरले जनाएको छ ।
सर्लाहीमा सर्पदंशका घटना बढदो
सर्लाहीमा सर्पदंशका घटना बढदो
Advertisement
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस




